४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब चितवनको भरतपुर अस्पतालमा दन्त उपचार सेवा थप सुबिधा सम्पन्न

२३ फाल्गुन २०७४, बुधबार ०९:५०

फागुन २३, चितवन | भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ । 

दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि दन्त चिकित्सा विभागलाई सुविधा सम्पन्न बनाइएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिनुभयो । 

करिब रु ४० लाखको लागतमा चारवटा सुविधा सम्पन्न कुर्ची थपिएसँगै विभागमा बिरामीले सहजै उपचार पाउने भएका हुन् । दन्त उपचारको लागि सबै प्रविधि र सुविधा भएको कुर्ची राखिएको हो । यसअघि अस्पतालमा तीनवटा मात्र कुर्ची रहेका थिए । 

दाँत सफा गर्ने, दाँत भर्ने, शल्यक्रिया गर्ने, सबै प्रविधि एउटै कुर्चीमा रहेको छ । डेण्टल चियर राखेपछि कम समयमा धेरै बिरामीको उपचार गर्न सकिने दन्त चिकित्सा विभागकी प्रमुख डा सोनी सुवेदीले बताउनुभयो । उहाँका अनुसार कुर्चीको प्रयोगले उपचारको सहजताको लागि चिकित्सकलाई पनि सजिलो हुने उहाले बताउनुभयो । 

यसअघि सामान्य कुर्चीबाट बिरामीको उपचार गरिँदै आइएको थियो । अस्पतालमा सात जना दन्त चिकित्सक रहेका छन् । दैनिक १०० जना बिरामी यो विभागले हेर्दै आएको छ । यो संख्या अब थपिने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता