२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लम्जुङको बेसीशहर–चामे सडकखण्डमा स्थानीयद्वारा सवारी आवागमन बन्द

२०७४, २७ फाल्गुन आईतवार ०२:३८

फागुन २७, लम्जुङ (रासस) | मस्र्याङ्दी गाउँपालिका–३ खुदी खोलामा रहेको जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द गरिएको छ । बेसीशहर–चामे सडकखण्डअन्तर्गत पर्ने खुदीखोलाको बेली ब्रिज भत्किएर जोखिम बढेपछि स्थानीयवासीले सवारी आवागमन बन्द गराएका हुन् । 

पुलमा गाँसेको पत्ताको नट फुत्किएको तथा पत्ता उक्किएको र दुलो पर्ने भएपछि पैदलयात्रु र सवारी साधन वारपार गर्न समस्या भएको थियो । बेली ब्रिज जीर्ण हुँदा दुर्घटना बढ्नाका साथै पैदलयात्रीलाई पनि समस्या भएको भन्दै सवारी आवागमन बन्द गराएको स्थानीयवासी वीरेन्द्र भण्डारीले बताउनुभयो । 

सो जीर्ण पुलमा यसअघि पनि बालबालिका दुर्घटना पर्ने गरेका थिए । पुलको प्वालमा खुट्टा अड्किएर बालबालिका घाइते हुने गरेका स्थानीयवासीले बताएका छन् । बेसीशहर–चामे सडक निर्माणका क्रममा नेपाली सेनाले पाँच वर्षअघि सो बेली ब्रिज निर्माण गरेको हो । १९ टन क्षमताको सो बेली ब्रिजमा क्षमताभन्दा बढीका लोड गाडी आवत–जावत हुँदा पुल भत्किएको स्थानीयवासी बताउँछन् । पुल मर्मतका लागि सडक डिभिजन कार्यालयमा पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकादेखि मनाङसम्म पुग्ने सवारी सोही पुलबाट जाने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण