४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लम्जुङको बेसीशहर–चामे सडकखण्डमा स्थानीयद्वारा सवारी आवागमन बन्द

२७ फाल्गुन २०७४, आईतवार ०२:३८

फागुन २७, लम्जुङ (रासस) | मस्र्याङ्दी गाउँपालिका–३ खुदी खोलामा रहेको जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द गरिएको छ । बेसीशहर–चामे सडकखण्डअन्तर्गत पर्ने खुदीखोलाको बेली ब्रिज भत्किएर जोखिम बढेपछि स्थानीयवासीले सवारी आवागमन बन्द गराएका हुन् । 

पुलमा गाँसेको पत्ताको नट फुत्किएको तथा पत्ता उक्किएको र दुलो पर्ने भएपछि पैदलयात्रु र सवारी साधन वारपार गर्न समस्या भएको थियो । बेली ब्रिज जीर्ण हुँदा दुर्घटना बढ्नाका साथै पैदलयात्रीलाई पनि समस्या भएको भन्दै सवारी आवागमन बन्द गराएको स्थानीयवासी वीरेन्द्र भण्डारीले बताउनुभयो । 

सो जीर्ण पुलमा यसअघि पनि बालबालिका दुर्घटना पर्ने गरेका थिए । पुलको प्वालमा खुट्टा अड्किएर बालबालिका घाइते हुने गरेका स्थानीयवासीले बताएका छन् । बेसीशहर–चामे सडक निर्माणका क्रममा नेपाली सेनाले पाँच वर्षअघि सो बेली ब्रिज निर्माण गरेको हो । १९ टन क्षमताको सो बेली ब्रिजमा क्षमताभन्दा बढीका लोड गाडी आवत–जावत हुँदा पुल भत्किएको स्थानीयवासी बताउँछन् । पुल मर्मतका लागि सडक डिभिजन कार्यालयमा पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकादेखि मनाङसम्म पुग्ने सवारी सोही पुलबाट जाने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद