२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेट अभावमा नारायणी लिफ्टको काम सुस्त

२०७४, २७ फाल्गुन आईतवार ०८:२६

फागुन २७, चितवन | भरतपुर र पश्चिम चितवनको सिँचाइ गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नारायणी लिफ्ट र खगेरी नहरको काम बजेट अभावका कारण सुस्त छ । 

सरकारले आव २०७१÷७२ मा दुवै आयोजनालाई वृहत् सरकारी सिँचाइ पुनःस्थापना व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत पुनःनिर्माण गरी समुदायलाई हस्तान्तरण गर्ने तयारी गरेको थियो । पञ्चवर्षीय योजना अन्तर्गत काम गर्नका लागि निर्धारण गरिएको बजेट निकासा नहुँदा समस्या भएको हो । 

कार्यालयका प्रमुख खेमबहादुर पाठककाअनुसार आव २०७१÷७२ मा रु ८४ करोड ८५ लाखको योजना स्वीकृत भएको थियो । सो पश्चात् समयमा बजेट निकासा नहुँदा पुनः रु एक अर्ब ४७ करोडको लागत इस्टिमेट गरी विभागमा पठाइएको छ । 

आव २०७२÷७३ मा रु चार करोड, आव २०७३÷७४ मा रु आठ करोड तथा आव २०७४÷७५ मा रु ६ करोड ५० लाख मात्रै बजेट प्राप्त भएको पाठकले बताउनुभयो । निर्धारित समयमा काम सक्नका लागि कम्तीमा एक आर्थिक वर्षमा रु २० करोड हाराहारी बजेट निकासा हुनुपर्नेमा त्यसो हुननसक्दा मूल्यवृद्धिका कारण आयोजनाको लागत निकै बढेको उहाँले बताउनुभयो । 

लागत बढेसँगै समयमै काम सम्पन्न गर्न एक आर्थिक वर्षमा कम्तीमा रु ३५ करोड आवश्यकपर्ने देखिएको पाठकले बताउनुभयो । लागत इस्टिमेट गरिएको बजेटमध्ये रु ६० करोड चारवटा पम्प खरिदका लागि मात्रै खर्च गर्ने योजना रहेको छ । पम्प स्थापना हुँदा २०४० सालमा जडान गरिएका चारवटै पम्प जीर्ण अवस्थामा छन् । हाल रहेका दुईवटा पम्पको क्षमता एक सेकेण्डमा दुई हजार लिटर तथा अरु दुईवटा पम्पको क्षमता एक सेकेण्डमा चार हजार लिटर पानी तान्ने रहेको छ । 

नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सबै पम्प घिटिघिटी अवस्थामा सञ्चालनमा रहेकाले परिवर्तन गर्नुको विकल्प नरहेको बताउनुभयो । मर्मतका लागि मात्रै वार्षिक रु ७० लाखभन्दा बढी खर्च हुने गरेको उहाँको भनाइ छ । नारायणी लिफ्ट र खगेरी सिँचाइका मुख्य नहर पक्की बनाउन बजेट प्रस्ताव गरिएको हो । 

हालसम्म ४ दशमलव ५ किलोमिटर नहर पक्की बनाउने काम मात्रै भएको छ । रानाभाटकाअनुसार नहरमा स्याल, गोहोरा जस्ता जनावरले प्वाल पार्ने, त्यही प्वालमा पानी पसेपछि ठूलो प्वाल परेर नहर भत्किएर जनधनको क्षति बनाउनसक्ने, मानिसले अतिक्रमण गर्नेलगायत समस्याका कारण नहर पक्की बनाउनुपर्ने अवस्था छ । 

कार्यालयका सूचना अधिकारी भरतबहादुर थापाकाअनुसार नारायणी लिफ्टमार्फत चार हजार ७०० हेक्टर जमिन सिञ्चित हुँदै आएको थियो । पछिल्लो समय नहर अतिक्रमणका कारण तीन हजार ५०० हेक्टर जमिन सिञ्चित हुँदैआएको छ । वृहत् योजना अन्तर्गत काम हुन लागेको खगेरी नहरले तीन हजार ९०० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । नारायणी लिफ्टले ३७ हजार ४४ घरधुरी तथा खगेरी सिँचाइबाट १६ हजार घरधुरी लाभान्वित छन् । 

नारायणी लिफ्टको ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १० किलोमिटर लामो छ । सी वान एल नहरको १५ किलोमिटर क्षेत्र पूरै अतिक्रमणमा परेर बन्द छ । अतिक्रमण भएका क्षेत्रमा सिँचाइ गर्न २५ वटा डिप बोरिङ प्रस्ताव गरिएको छ । खगेरीको मूल नहर २५ किलोमिटर लामो छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह