४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरसभाबाट तीनवटा ऐन पारित

२८ फाल्गुन २०७४, सोमबार ०३:५०

फागुन २८ कञ्चनपुर (रासस) | भीमदत्त नगरपालिकाको दोस्रो नगर सभाबाट तीन ऐन पारित सहितका विभिन्न निर्णय गरिएका छन् । नगर सभामा हालसम्मको विकास निर्माणको समीक्षा र आगामी दिनमा बनाउनुपर्ने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ । 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकालाई रुपान्तरणको बाटोमा लैजाने प्रतिबद्धता गरी विभिन्न ऐन र निर्णय पारित गरिएको बताउनुभयो । “नगर सभामा अहिलेसम्मको विकास निर्माणको समीक्षा गर्यौं, विगतका कमजोरी सच्याउँदै भीमदत्तको रुपान्तरण र परिवर्तनका लागि सबैले सामूहिक रुपमा लाग्ने कुरा भयो,” नगर प्रमुख विष्टले भन्नुभयो । नगर सभामा आगामी तेस्रो नगर सभामा पेश हुने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ । 


दोस्रो नगर सभाबाट सहकारी ऐन, आर्थिक ऐन र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन पारित गरिएका छन् । यसअघि पहिलो नगर सभाबाट पारित ऐन स्थानीय राजपत्रमा प्रकाशित गरिएका छन् । 

नगर सभाले विभिन्न ६ वटा विषयत समिति पुनः गठन र पशु सेवाअन्तर्गत छुटेको बजेट थप गर्ने अधिकार नगर कार्यपालिकालाई दिएको छ । नगर कार्यपालिका (कार्य सम्पादन नियमावली) का आधारमा वडाध्यक्षको संयोजकत्वमा तीनदेखि ६ सदस्यीय समिति गठन गरिएका छन् । 

यसैगरी नगर सभाबाट नगर सभा सञ्चालनका लागि आवश्यक कर्मचारीलाई सभाकक्षमा रहन अनुमति दिने निर्णय गरिएको छ । नगरपालिकाका सबै वडामा एक÷एकसहित २७ जना नगर प्रहरीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता