२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीको धुर्कोट महोत्सवबाट उठ्यो दुई दिनमै १७ लाख बढि रकम

२०७४, ६ चैत्र मंगलवार ०२:४५

प्रेम सुनार | चैत ६, गुल्मी | आईतवार देखि गुल्मीको धुर्कोट गाउँपालिकामा सुरु भएको श्रीमद्भागवत धुर्कोट धार्मिक महोत्सवको आज दोश्रो दिन सम्म करिव १८ लाख रुपैयाँ विभिन्न दानविरहरुबाट उठेको आयोजकले बताएका छन् ।

महोत्सव मुल समारोह समिति प्रचार प्रसार विभाग संयोजक दधिराम पाण्डेले दिएको जानकारी अनुसार हिजो पहिलो  दिन ११ लाख भन्दा बढि रकम संंकलन भएको थियो भने आज  ६ लाख भन्दा बढि रकम संकलन भएको छ ।

महोत्सवको पहिलो दिन पहिलो दानविरका रुपमा धुर्कोट रजस्थल घर भई काठमाणडौमा बसोवास गर्ने कृष्ण जिसीले फोन मार्फत समारोहलाई सम्वोधन गर्दै १ लाख ५ हजार रुपैयाँ दान गर्ने घोषणा गरेका थिए ।

उनले ज्यान काठमाण्डौं भए पनि मन त्यस धुर्कोट कोट आसपास मै रहेको अपनत्व प्रकट गरेका थिए । त्यस प्रति थुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र उपप्रमुख शिवबहादुर खत्री सहितका जनप्रतिनिधीहरुले आभार प्रकट गरेका थिए ।

काठमाण्डौमै रहेका धुर्कोटरजस्थल कै अनन्त कुँवरले १ लाख १ हजार १ सय ११ रुपैया दान गर्ने घोषणा गरेका छन् । काठमाण्डौमै रहेका सोही गाउँका रामप्रसाद घिमिरेले ६१ हजार १ सय ५  दान प्रदान गरेका छन् ।

धुर्कोटरजस्थलकै सुर्य थापाले  ६१ हजार १ सय ५ रुपैया, सोही स्थानका दानबहादुर जिसीले ३० हजार ५ सय , धुर्कोट वडा नम्वर १ नयाँगाउँका वडाध्यक्ष कमल थापाले २५ हजार १ सय २५ , रुरु रेसुङ्गा संरक्षण तथा विकास समितिका प्रवन्ध निर्देशक तथा स्थानियवासी नरेश भण्डारीले ४० हजार ५ सय दान गरेका छन् ।

त्यस्तै रजस्थलका कृष्णबहादुर केसीले २२ हजार २ स २२  , वडा नम्वर ४ जैसीथोकका तारा खनालले २० हजार १ सय ५५ , धुर्कोटरजस्थलका पुर्व क्ष् गाविस उपाध्यक्ष कुलप्रसाद भण्डारीले २० हजार १ सय १५  ,  जैसीथोकका लेखनाथ पोखरेलले २० हजार १सय ५५ , धुर्कोट ४ जैसीथोकका वडाध्यक्ष मानबहादुर कुँवरले २५ हजार १ सय ५  पहिलो दिन सहयोग घोषणा गरेका थिए ।

त्यस्तै आज दोश्रो दिन धुर्कोटका उपप्रमुख शिवबहादुर खत्रीले ६३ हजार ३ सय ३३ रुपैयाँ दान गरेका छन् । धुर्कोट रजस्थलका भिमबहादुर परियारले ४० हजार  दान गरेका छन् ।  वडा नम्वर ३ पिपलधाराका वडाध्यक्ष नविन जिसीले ३१ हजार १ सय ११ , धुर्कोट ५ वस्तु घर भई कपिलवस्तुमा वसोवास गर्ने सुनिल कुमार श्रेष्ठ उनकी धर्मपत्नी भगवता श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रुपैयाँ  दान गरेका छन्  ।

त्यस्तै पिपलधारा घर भई नेपाली सेनाका सेनानी दुर्गाबहादुर थापाले ३१ हजार १ सय ११ रुपेयाँ र धुर्कोट ६ का वडाध्यक्ष कृष्ण नेपालीले २५ हजार ५ सय ५५ रुपैयाँ दान गरका छन् । थप सहयोगदाताको विवरण क्रमशः प्रकाशित गर्दै जाने खनालले बताएका छन् । महोत्सवको आईतवार गुल्मी क्षेत्र नम्वर २ प्रदेश ख का सांसद दिनेश पन्थीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो