४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत रु ४३ करोड बढ्ने

१० चैत्र २०७४, शनिबार ०५:५८

चैत १०, चितवन (रासस) | नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३ करोड बढ्ने भएको छ । 

एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका क्रममा कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । विसं २०७२ वैशाखमा दुई वर्षमा सम्पन्न गर्ने गरी करीव रु दुई अर्ब ८९ करोडमा तीन ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो । विभिन्न काममा हालसम्म करीव रु २७ करोड ७५ लाख खर्च भइसकेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार पहिलो खण्डको ठेक्का करीव रु ६० करोड ६१ लाख रहेकामा बढेर करीव रु ६८ करोड ९७ लाख पुगेको छ । 

त्यस्तै दोस्रो खण्डमा ठेक्का लगाउँदाको रकम करीव रु ९७ करोड ६७ लाख रहेकामा बढेर करीव रु एक अर्ब १० करोड पुगेको छ । तेस्रो खण्डको करीव रु एक अर्ब ३० करोडमा ठेक्का लगाइएकामा बढेर करीवरु एक अर्ब ४१ करोड पुगेको छ । 

पहिलो खण्डमा १३.८१, दोस्रो खण्डमा १२.७२ र तेस्रो खण्डमा ८.२२ प्रतिशत बढिसकेको छ । रेग्मीका अनुसार थपिएको भित्तो कटाइ, पहिरो पन्छाइ, पहिराका कारण पर्खाल लगाउँदा, बोलपत्रभन्दा स्तरीय नाली बनाउँदा, कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो ।सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार मूल्य वृद्धिको रकम समावेश गर्न बाँकी छ । मुद्रास्फीति दरका आधारमा लागत बढ्छ । यसका अतिरिक्त वायो इञ्जिनीयरिङका कतिपय काम बोलपत्रमा समावेश नभएकाले ती कामसहित आरसिसी रिटेनिङ वाल, सडकमाथिका डाँडाबाट झरेको पानी भित्तोमा कुलो बनाएर व्यवस्थापन गर्नेजस्ता कामका लागि करीव रु २६ करोड १३ लाख लागत अनुमान भएको छ । काम गरिरहेका ठेकेदारले सो रकममा छुटेका काम गर्न नसकिने जनाएपछि छुट्टै ठेक्का लगाएर काम गरिँदैन । वर्षाद्मा बाढीअघि नै गर्नुपर्ने कतिपय महत्वपूर्ण काम भएकाले ती काम आउँदो सातादेखि कामदार लगाएर गर्ने तयारीसमेत गरिँदैछ, जसमा पहिरो रोक्ने महत्वपूर्ण काम छन् । 

सडकको निर्माण लागत १५ प्रतिशतसम्म बढ्दा सडक विभागका महानिर्देशकको स्वीकृतिबाट हुने गर्छ । सोही अधीनमा रहने गरी लागत मूल्य बढाउने तयारी भइरहेको छ । परामर्शदाता कम्पनी इञ्जिनीयर रेग्मीले सकेसम्म १५ प्रतिशत मात्र लागत मूल्यवृद्धि हुने गरी काम सक्ने र केही छुटपुट काम भएपछि गर्ने तयारी भइरहेको बताउनुभयो । यसबाट लागत मूल्य करीव रु ४३ करोड ३१ लाख बढ्छ । निर्माण सम्पन्न गरिसक्ने मिति पहिलो खण्डलाई चैत ९, दोस्रो खण्डलाई चैत १९ र तेस्रो खण्डलाई चैत २९ सम्म तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ