२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शाईन रेसुङ्गामा अव विदाको दिन पनि बैंकिङ सुविधा

२०७४, १० चैत्र शनिबार १३:३७

प्रेम सुनार | चैत १०, गुल्मी । साईन रेसुङ्गा डेभलभमेण्ट बैंक लिमिटेड गुल्मी तम्घास र  गुल्मी कै वलेटक्सार शाखाले अव देखि वर्षको ६५ दिन नै बैकिङ सुविधा प्रदान गर्ने भएको छ । चैत्र ३ गते देखि हरेक विदाको दिन विहान ११ वजे देखि २ वजे सम्म बैकिङ सुविधा दिन थालिएको गुल्मी शाखाका सहायक अधिकृत दिवस श्रेष्ठले जानकारी दिए ।

अरु दिन कार्यालय समयभर र हरेक विदाको दिन उक्त समय अवधीको तिन घण्टा सम्म बैकिङ सुसवधा दिईने श्रेष्ठले बताए  । यस्तो सुविधा प्रदान भए लगत्तै आज शनिवार विदाको दिन पनि सेवाग्राहीको त्यस बैंकमा घुँईचो लागेको छ ।

तम्घास शाखा प्रमुख कृष्णहरी भण्डारीका अनुसार बैंकले तम्घासकै उदिनढुङ्गामा एक्सचेञ्ज सेवा दिदै आएको छ भने गाउँपालिका स्तरको शाखाका रुपमा रिडी , वलेटक्सार , खज्र्याङ्ग, शान्तिपुर, मजुवा , खैरेनी,  वामीटक्सार र सिमलटारीमा बैकिङ्ग सुविधा दिदै आएको छ ।


बुटवलमा प्रधान कार्यालय रहेको शाईन रेसुङ्गाका हाल सम्म  गुल्मी सहित विभिन्न  जिल्लामा ३५ वटा शाखा रहेका छन् ।  उक्त बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले थप शाखा विस्तार गरिदै जाने वताउँदै आएका छन् ।

स्थानिय सरकार बने लगत्तै अहिले अन्य बैंकहरु पनि धमाधम शाखा विस्तारमा लागेका छन् । ईस्मा गाउँपलिका, धुर्कोट गाउँपालिका, गुल्मी दरवार गाउँपालिका वाहेक अन्य नगर र गाउँपालिकाहरुमा एउटा न एउटा  बैंकहरु पुगेका छन । गुल्मी वार्षिक ५० करोड सम्म रेमिट्यान्स भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग