२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाको माडीपुल १० वर्षमा दुई पिलर मात्र ठड्याएपछि…

२०७४, १३ चैत्र मंगलवार ०६:४८

उमा केसी/रोल्पा, १३ चैत | पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्ने रोल्पाको माडीखोला पुल निर्माण आरम्भ भएको १० वर्षमा मात्रै दुईवटा पिलर ठड्याएपछि बेवारिसे बनेको छ । 


पुल निर्माण नहँुदा जिल्ला सदरमुकाम आवतजावतमा लामो समयदेखि कष्ट व्यहोर्दै आएपछि तत्कालीन समस्या समाधानका लागि अस्थायी बेलीब्रीज निर्माण गरिएको थियो । बेलीब्रीज निर्माणसँगै पक्की पुल निर्माणमा बेवास्ता बढ्दै जान थालेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् । 

०६५ सालमा सडक विभागमार्फत गरिएको टेण्डरबाट काठमाडौँमा रहेको लामा÷एडी÷धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माण गर्ने जिम्मा पाएको थियो । शुरुवाती चरणमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माण कार्यमा आलटाल गरेसँगै पुल निर्माण कार्य अनिश्चित बनेको स्थानीयले आरोप लगाएका छन् । 

निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले रोल्पाका स्थानीय राजनीतिक दल र सामाजिक संघ संस्थाको टोली संघर्ष समिति बनाएर सडक डिभिजन कार्यालय प्यूठानसमेत पुगेको थियो । 

पक्की पुल निर्माण कार्यलाई सरोकारवालाले जोड दिनुपर्ने स्थानीय युवा ध्रुवचन्द्र पुनले प्रतिक्रिया दिनुभयो । राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेका रोल्पाली नेताको ध्यान जान जरुरी रहेको पुनले बताउनुभयो । बेलीब्रीज बनेसँगै जनतामा शिथिलता देखिँदा दबाब कम भएको उहाँको भनाइ छ । पुल निर्माणका लागि जनताको निरन्तर दबाब खबरदारी जरुरी रहेको पुनको भनाइ छ । 

प्यूठानको स्थानीय प्रशासन, सडक डिभिजन कार्यालय, रोल्पाको सर्वपक्षीय टिम र निर्माण व्यवसायीबीच अविलम्व निर्माण कार्य सम्पन्न गर्ने सहमति भएपनि निर्माण व्यवसायीले सहमति कार्यान्वयन नगरेको राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्टले जानकारी दिनुभयो । 

अविलम्व काम शुरु गर्ने सहमति भएपछि ठेकेदारले अर्को एउटा पिलर ठड्याउने बाहेक थप काम गरेनन्, विष्टले भन्नुभयो । पुल निर्माणका क्रममा आफ्नो विभिन्न निर्माण सामग्री हराएको तथा लागत इष्टमेटभन्दा बढी काम थपिएको भन्दै निर्माण व्यवसायी डिसी फाइल बोकेर क्षतिपूर्ति माग गर्दै हिँडिरहेको भन्ने आफूले सुनेको विष्टले बताउनुभयो । 

तीन वर्षका लागि टेण्डर आह्वान भए पनि राजनीतिक शक्तिको संरक्षणका कारण समयमा १० वर्षसम्म निर्माण हुन नसकेको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिं पुनले बताउनुभयो । अर्को टेण्डरका लागि प्रक्रिया अगाडि बढिरहेको हुँदा अबको एक÷दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी आफूहरुले दबाब दिइरहेको सभापति पुनले बताउनुभयो । 

पुल निर्माणमा उदासीनता देखिएको भन्दै जनताले आवाज उठाउँदै आइरहेको नेकपा (एमाले) रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले बताउनुभयो । जनताको मागका आधारमा सम्बन्धित निकायमा आफूहरुले दबाब दिइरहेको घर्तीले प्रतिक्रिया दिनुभयो । ठेक्का रद्द गरेर अर्को टेण्डर गर्ने तयारी भइरहेकाले निकट भविष्यमै पक्की पुल बन्नेमा आफू आशावादी रहेको घर्तीले बताउनुभयो । 

पुरानो टेण्डर रद्द भएको हँुदा अविलम्व नयाँ टेण्डर खोली काम सुचारु गर्न सडक डिभिजन कार्यालय, प्यूठानसँग कुराकानी भइरहेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले प्रतिक्रिया दिनुभयो । पुल निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाइने प्रमुख केसीले बताउनुभयो । 

सो नदीमा वैकल्पिक व्यवस्थाका लागि भन्दै हाल बेलीब्रीज राखिएको भए पनि आवतजावतमा निकै समस्या हुने गरेको यातायात व्यवसायी रामचन्द्र थापाले बताउनुभयो । बेलीब्रीज निर्माण गरिएको स्थान निकै साँगुरो भएकाले जुनसुकै बेला दुर्घटना हुनसक्ने सम्भावना छ थापाले भन्नुभयो । साँघुरो बेलीब्रीज कच्ची सडक र अत्यन्तै अप्ठेरो घुम्तीका कारण समयमै सावधानी अपनाउन नसके सो स्थानमा धनजनको ठूलो क्षति हुने सम्भावना रहेको यात्रुले गुनासो गरेका छन् । 

पुल निर्माणसँगै पश्चिम रोल्पामा उत्पादन भएका तरकारी, फलफूल, घिउ, दाल, जडीबुटी, खसी बोका सदरमुकाम लिवाङ ल्याउन किसानलाई सहज हुने भएको छ । 

सदरमुकाम लिवाङ, सुलिचौरजस्ता बजार क्षेत्रमा खपत हुने अधिकांश तरकारी पश्चिम रोल्पाबाट सल्यान, दाङ हुँदै पुनः रोल्पा आउँदा लागत मूल्य पनि अधिक हुने भएकाले पुल निर्माणपछि बजार मूल्य पनि कम हुने उपभोक्ताले आशा व्यक्त गरेका छन् । 

सो पुल बनेसँगै रोल्पाका साविक दुई दर्जनभन्दा बढी गाविस तथा दाङ र सल्यानसम्मको यातायात सेवासमेत सहज हुने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार