प्रदेश ३ ले आगामी ५ बर्ष भित्रमा अवलम्बन गर्नुपर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रदेश ३ ले आगामी ५ बर्ष भित्रमा अवलम्बन गर्नुपर्न"/>
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ३ लाई समृद्ध बनाउन प्रदेशभरीका नागरिकसँग सुझाव माग, यसरी दिन सकिन्छ सुझाव

२०७४, १७ चैत्र शनिबार ०३:४७

चैत १७, काठमाडौँ | प्रदेश ३ लाई सवल, सक्षम एवम् समृद्ध बनाउन प्रदेशभरीका नागरिकसँग सुझाव मागिएको छ ।

प्रदेश ३ ले आगामी ५ बर्ष भित्रमा अवलम्बन गर्नुपर्ने नीति तथा मुख्य कार्यक्रम, आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिको लागि संक्षिप्त कार्यक्रम र आर्थिक वर्ष २०७५/७६ को लागि नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नको लागि सुझाव माग गरेको हो । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौडाले यस बिषयमा सूचना जारी गर्दै प्रदेश ३ का बुद्धिजीवी, उद्योगी, व्यवसायी, किसान, श्रमिक, अनुसन्धाता, पेशाविद, सरोकारवाला र सबै सर्वसाधारणहरुलाई नीति, योजना तथा कार्यक्रमबारे सुझाव दिन आग्रह गरेको छ ।  

'सर्वसाधारणले दिगो एवम् सन्तुलित आर्थिक, सामजिक एवम् भौतिक विकासका साथै महिला, वालवालिका, युवा, ज्यष्ट नागरिक, अपाङ्गता भएका व्यक्ति सहिद परिवार, सामाजिक एवम् आर्थिक रुपले पिछडिएका बर्ग र सर्वसाधारणको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउन सहयोग पुग्ने खालका प्रदेश सरकारका कार्यक्षेत्र भित्र पर्ने नीति, योजना, कार्यक्रमहरु तर्जुमा गर्नका लागि सुझावहरु आव्हान गरिन्छ ।' सूचनामा उल्लेख गरिएको छ । 

सुझाव पठाउनको लागि इमेल मार्फत [email protected] वा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौडा, मकवानपुरको ठेगानामा पत्र पठाउन सकिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार