प्रदेश ३ ले आगामी ५ बर्ष भित्रमा अवलम्बन गर्नुपर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रदेश ३ ले आगामी ५ बर्ष भित्रमा अवलम्बन गर्नुपर्न"/>
2026-09-08 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ३ लाई समृद्ध बनाउन प्रदेशभरीका नागरिकसँग सुझाव माग, यसरी दिन सकिन्छ सुझाव

चैत १७, काठमाडौँ | प्रदेश ३ लाई सवल, सक्षम एवम् समृद्ध बनाउन प्रदेशभरीका नागरिकसँग सुझाव मागिएको छ ।

प्रदेश ३ ले आगामी ५ बर्ष भित्रमा अवलम्बन गर्नुपर्ने नीति तथा मुख्य कार्यक्रम, आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिको लागि संक्षिप्त कार्यक्रम र आर्थिक वर्ष २०७५/७६ को लागि नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नको लागि सुझाव माग गरेको हो । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौडाले यस बिषयमा सूचना जारी गर्दै प्रदेश ३ का बुद्धिजीवी, उद्योगी, व्यवसायी, किसान, श्रमिक, अनुसन्धाता, पेशाविद, सरोकारवाला र सबै सर्वसाधारणहरुलाई नीति, योजना तथा कार्यक्रमबारे सुझाव दिन आग्रह गरेको छ ।  

‘सर्वसाधारणले दिगो एवम् सन्तुलित आर्थिक, सामजिक एवम् भौतिक विकासका साथै महिला, वालवालिका, युवा, ज्यष्ट नागरिक, अपाङ्गता भएका व्यक्ति सहिद परिवार, सामाजिक एवम् आर्थिक रुपले पिछडिएका बर्ग र सर्वसाधारणको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउन सहयोग पुग्ने खालका प्रदेश सरकारका कार्यक्षेत्र भित्र पर्ने नीति, योजना, कार्यक्रमहरु तर्जुमा गर्नका लागि सुझावहरु आव्हान गरिन्छ ।’ सूचनामा उल्लेख गरिएको छ । 

सुझाव पठाउनको लागि इमेल मार्फत [email protected] वा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौडा, मकवानपुरको ठेगानामा पत्र पठाउन सकिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग