२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ७ मा प्रदेशसभाको बैठक दुई पटक स्थगित, यस्तो छ कारण

२०७४, १७ चैत्र शनिबार ०४:५४

चैत १७, धनगढी | प्रदेश नं ७ को प्रदेशसभा बैठकमा छलफलका विषय केही नभएपछि तोकिएको प्रदेशसभा बैठक पनि पछिल्ला केही दिनमा दुई पटक स्थगन गर्नुपरेको छ । 

बैठकमा छलफलका लागि प्रस्ताव गरिने विधेयक समयमै प्रदेश सचिवालयमा दर्ता हुन नसकिरहेको कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो । “आर्थिक मामिला मन्त्रालयबाट विधेयक आउँछ भन्ने सूचनाका आधारमा बैठक बस्ने मिति तोक्ने गरिएको हो”, शर्माले भन्नुभयो,“तर सम्बन्धित मन्त्रालय÷निकायबाट प्रदेश सचिवालयमा विधेयक दर्ता गर्न भइरहेको ढिलाइले मिति स्थगन गर्नुपरेको छ ।” 

समयमै विधेयक दर्ता हुन नसक्दा प्रदेशसभाको यही चैत १५ गतेका लागि तोकिएको बैठक स्थगन गर्नुपरेको थियो । स्थगित बैठक शनिबार बस्ने भनिएकामा पुनः स्थगन गर्नुपरेको छ । आगामी बैठक चैत २० गतेका लागि तोकिएको सचिव शर्माले जानकारी दिनुभयो । 

बिहीबार साँझ मात्र प्रदेशसभा आर्थिक कार्यविधि ऐन सचिवालयमा दर्ता गरिएको छ । प्रदेशसभा नियमावलीका अनुसार सरकारी विधेयक दर्ता भएको पाँच दिनपछि र गैरसरकारी विधेयक दर्ता भएको सात दिनपछि मात्र छलफलका लागि प्रदेशसभाको बैठकमा छलफलका लागि लैजानुपर्ने हुन्छ । 

प्रदेशसभा बैठकले अहिलेसम्म प्रदेशसभा नियमावली २०७४ लाई मात्र पारित गर्न सकेको छ । चाहिने नियम कानून समयमै नबनेका कारण प्रदेश सरकार सञ्चालनमा कठिनाइ भएको बताइएको छ । नेपालको संविधानको अनुसूचीले तोकेका विषयमा कानून बनाउने अधिकार प्रदेशसभालाई छ । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस