२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डेढ दर्जन सःमिलहरु अवैध काठकै भरमा सञ्चालित, कञ्चनपुरको दक्षिणी क्षेत्र अबैध काठ कारोबारको हब

२०७४, १७ चैत्र शनिबार १५:०४

– रञ्जित लामा | चैत १७, कञ्चनपुर | कञ्चनपुरको दक्षिणी क्षेत्रमा अबैध काठको बिगबिगी बढिरहेको छ । भने झण्डै डेढ दर्जन त्यस क्षेत्रका सःमिलहरु अवैध काठकै भरमा सञ्चालनमा रहदै आएका छन् ।

पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा सञ्चालन हुँदै आएका काष्ठ मिलहरु अवैध काठकै भरमा सञ्चालन हुँदै आएको श्रोतको दाबी छ । दुवै नगरपालिकाका सिमावर्ती क्षेत्रका काष्ठमिलहरु वर्षाैंदेखि भारतीय र नेपाली अबैध काठबाट सञ्चालन हुँदै आएपनि अहिलेसम्म सरोकारवालाहरुले उचित ध्यान दिन नसक्दा अबैध काठको कारोबारी दिनप्रतिदिन मौलाउँदै गएको छ । 

भारतीय सिमावर्ती क्षेत्र टाटरगञ्जमा रहेको सिसमघारी र नेपाली लगायतका जङ्गलहरुबाट तस्करहरुले ठूलो परिमाणमा काठका गोलिया वर्षौदेखि सीमाका मिलहरुमा रातारात पुर्याउने गरेको स्थानिय स्रोतले बताएको छ । जसमा स्थानीय प्रहरी प्रशासनको समेत मिलोमतो रहेको ठहर छ ।


पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा झण्डै डेढ दर्जन काष्ठ मिलहरु सञ्चालनमा रहेका छन् । पुनर्वासमा तारा सः मिल, न्यू निशा सः मिल, रुबिना काष्ठ उद्योग, मिनाक्षी सःमिल, बस्नेत सःमिल, बिन्दबासिने सः मिल, शैलेश्वरी काष्ठ उद्योग र बेलौरीमा पूर्णा गिरी सःमिल, सागर सःमिल, श्री गणेश सःमिल, जयमाँ सःमिल, भूमिराज सःमिल, उदयदेब काष्ठ तथा फर्निचर उद्योग, कञ्चन काष्ठ तथा फर्निचर उद्योग लगायतका सःमिलहरु सञ्चालनमा रहेका छन् । सो मिलहरु अबैध काठकै भरमा सञ्चालन हुँदै आएको श्रोतको ठहर छ । स्रोतका अनुसार यी सञ्चालनमा रहेका काष्ठमिलहरुमा अधिकांश भारतीय अवैध काठबाट र केही नेपाली अबैध काठबाट सञ्चालन हुने गरेको उल्लेखित छ । 

काष्ठमिलहरुमा भारतीय र नेपाली तस्करहरुले बर्षौदेखि भारतीय सिमावर्ती क्षेत्रबाट सिसम, साल, खयर लगायतका बहुमुल्य काठहरु भित्र्याउने गरेको स्रोतले जनाएको छ । अबैध काठको मात्र भर नपर्ने हो भने सञ्चालनमा रहेका अधिकांश सःमिलहरु बन्द नै गर्नु पर्ने श्रोतको किटानी छ । यी मिलहरुबाट चिरान गरिएका काठहरु स्थानीय ठाउँहरुका साथै कञ्चनपुर,  कैलाली लगायत काठमाण्डौसम्मै बिक्री गर्ने गरेको स्रोतले जनाएको छ ।

कैलाली/कञ्चनपुर जिल्लाका काष्ठ ब्यापारीहरुले कञ्चनपुरको दक्षिणी क्षेत्रलाई अबैध काठ कारोबार हुने हबको रुपमा वर्षौंदेखि लिदै आएका छन् । भारतीय र नेपाली काठ तस्करहरुलाई ज्यालामा लगाएर अबैध काठ खरिद बिक्री गर्ने ठेकेदारहरुको पुनर्वास/बेलौरीमा वर्षौंदेखि बर्चश्व कायम रहदै आएको काठ तस्करीमा संलग्न एक ब्यक्तिले बताए ।

प्रहरी प्रशासनको सहज सेटिङ्गमा सःमिलहरु र मिलमा चिरान हुने अबैध काठका भरमा पुनर्वास÷बेलौरीका केही जानेमानेहरु दिनप्रतिदिन मोटाउँदै गएका छन् भने केही प्रहरी प्रशासनको सेटिङ्ग मिलाउँन नजान्दा फस्ने गरेको काठ तस्करी गर्नेहरु भित्रकै एक तस्करले बताए ।

तस्करका अनुसार पुनर्वास–बेलौरीमा काठ तस्करीको नायकेको रुपमा रहदै आएका पुनर्वास उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्षसमेत रहेका बीरबल विश्कर्मा, शंकर साउद, चक्रबहादुर शाही, लालबहादुर तामाङ, मोहन पाण्डे, नारायण संग्रौला, दिल्ली शाही, किशन चन्द आदि रहेका छन् । अबैध काठ तस्करीका लागि प्रहरी, प्रशासनमा सेटिङ्ग मिलाउँनेमा बीरबल विश्कर्मा, शंकर साउद र चक्रबहादुर शाही अग्रपक्तिमा रहेको श्रोतले बतायो । स्मरण रहोस् यी माथि उल्लेखित ब्यक्तिहरु अधिकांश मिल सञ्चालकसमेत हुन् । 

गत शुक्रबार मात्रै बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा ६१ गोलीया अबैध काठ सहित काष्ठमिल सञ्चालक भुवेन्द्रराज पन्त र मनिषा सः मिलका सञ्चालक देवराज पन्तलाई क्षेत्रीय विशेष अनुसन्धान आर. आई,टी.र ईलाका प्रहरी कार्यालय बेल्डाँडीको संयुक्त टोलीले सिसमको काठ सहित उनीहरुलाई पक्राउ गरेको थियो ।

वर्षौंदेखि अबैध काठकै भरमा सञ्चालन हुने मिलहरुमा आकलझुकल मात्रै बनको चेकजाँच हुने भएकोले उक्त सःमिलहरु निर्बाधरुपमा सञ्चालनमा हुँदै आइरहेको एक जना काष्ठ ब्यापारीले नै बताए । 

जिल्ला बन कार्याल कञ्चनपुरका सहायक बन अधिकृत बीरबहादुर ठगुन्ना भन्छन् –“त्यस क्षेत्रमा अबैध काठको तस्करी हुन्छ भन्ने कसलाई थाहा छैन र ? राजनैतिक पार्टीदेखि लिएर प्रहरी, प्रशासन सबैलाई थाहा भएकै कुरा हो ।” उनले भने “सबैले स्वार्थ राखेकै हुन्छन्, जस्ले पायो त्यो चुपलाग्ने र नपाएकाले यो त्यो त भन्ने नै हो ।”

सहायक बन अधिकृत ठगुन्नाको भनाइले काठ तस्करीमा सरोकार वालाको मिलोमतो रहेको प्रष्ट्याएको छ । आफ्नो स्वार्थ पूरा नभएपछि मात्रै मिलोमतोको पर्दा च्यातिने नत्र यसरी नै पर्दा भित्र अबैध काठहरुको धन्दा मौलाइरहने ठगुन्नाको भनाइबाट स्पष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार