४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब प्रदेश ७ लाई आर्थिक गतिविधि गर्ने बाटो खुल्यो

२५ चैत्र २०७४, आईतवार १६:३६

चैत २५, धनगढी (रासस) | प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ लाई पारित गरेको छ । 

विधायन तथा प्रदेश मामिला समितिले दिएका सुझावलाई समावेश गरेर उक्त विधेयक पारित गरिएको हो । 

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले विधायन तथा प्रदेश मामिला समितिबाट सुझावसहित पेश हुन आएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो । 

प्रस्तुत विधेयकमाथि भएको छलफलपछि बैठकमा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले पारित भएको हो । 

छलफलमा नेकपा (एमाले)का रतनबहादुर थापा र हर्कबहादुर कुँवर, नेकपा (माओवादी केन्द्र)का महेशदत्त जोशी, नेपाली काँग्रेसका गोविन्दराज बोहराले भाग लिनुभएको थियो । 

उक्त विधेयक पारित भएसँगै प्रदेश सरकारलाई अब आर्थिक गतिविधि गर्ने बाटो खुलेको छ । 

बैठकमा प्रदेश नं ७ को ‘लोगो’ निर्धारण समितिको तर्फबाट प्रस्तुत भएको लोगो निर्धारणसहितको प्रतिवेदन पनि सर्वसम्मतिले पारित भएको छ । लोगो निर्धारण समितिका संयोजक प्रदेशसभा सदस्य बलदेव रेग्मीले प्रस्तुत गर्नुभएको उक्त प्रतिवेदनमाथिको छलफलमा कसैले पनि भाग नलिएपछि निर्णयार्थ प्रस्तुत हुँदै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको हो । 

आजकै बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले सरकारले जारी गर्न लागेको श्वेतपत्रबारे सदनलाई जानकारी गराउनुभएको थियो । 

श्वेतपत्रमाथि नेपाली काँग्रेसका भरतबहादुर खड्का, एमालेका लीलाधर भट्ट र पूर्णा जोशीले प्रश्न उठाउँदै प्रष्टता खोज्नु भएपछि मन्त्री बोहराले उठेका प्रश्नको जवाफ दिनुभएको थियो । 

सरकारको आर्थिक नीति बनाउने माध्यमका रुपमा श्वेतपत्रलाई लिने गरिन्छ । 

यसअघि बैठक शुरु हुनासाथ एमालेकी सदस्य मीना साउदले अछाम जिल्लामा चट्याङ लागेर मृत्यु भएका आयुस कामीको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेको उपचार व्यवस्था मिलाउन र असिनापानीका कारण बालीनालीमा पुगेको क्षति व्यहोरेका परिवारलाई राहत दिन माग गर्नुभएको थियो । 

प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता