४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महाकाली अञ्चल अस्पतालमा २ करोड २५ लाख बराबरको बजेट फ्रिज हुँदै

२६ चैत्र २०७४, सोमबार १५:०८

भास्कर के.सी | चैत २६, कन्चनपुर | महाकाली अञ्चल अस्पतालमा बिभिन्न सामग्री खरिद गर्नका लागि स्वास्थ्य मन्त्रालय मार्फत आएको २ करोड २५ लाखको बजेट फ्रिज हुने भएको छ । अस्पताल विकास समिति र कर्मचारीहरुको कमिसनको लोभमा पुरानो प्रकृयामा गएको टेण्डर रद्ध गरेर नया बार्गेनिङमा लागेपछि टेण्डर नै नभइ समय सिद्धिने अवस्था सृजना भएको अस्पताल श्रोतले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले बिभिन्न मेडिकल उपकरण खरिद गर्नका लागि महाकाली अञ्चन अस्पताललाइ २ करोड २५ लाख निकासा गरेको थियो । महाकाली अस्पतालले २ लाखमा कल्सल्टेण्ट हायर गरेर टेण्डरको स्टमेड बनाएको थियो । अञ्चल अस्पतालले माघ ८ गते टेण्डर आह्वान गरेको थियो । फागुन ८ मा टेण्डर खुल्नु पर्नेमा त्यसको ५ दिन पुर्वनै विना कारण अस्पताल प्रशासनले टेण्डर रद्द गरेको थियो ।

टेण्डर आह्वान पश्चात ७ जना व्यवसायीहरुले टेण्डर खरिद गरिसकेको अवस्थामा अचानाक टेण्डर रद्द गरिएको थियो । अस्पताल समिति र केही कर्मचारीहरुको मिलेमतोमा केही साना व्यापारीहरुसँग कमिसन लिने उद्देश्यले टेण्डर रद्द गरिएको नाम नबताउने सर्तमा अस्पतालका एक जना कर्मचारी बताउनुभयो । सो बारे बुझ्न खोज्दा मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीकृष्ण भट्टले टेण्डर प्रक्रिया पुर्व मेडिकल सुपरिटेण्डेन्टले गरेको र यसबारे आफुलाई केहि थाहा नभएको प्रतिक्रिया दिनुभयो । 

महाकाली अञ्चल अस्पताल विकास समितिकका अध्यक्ष अशोक पाण्डेयले टेण्डर आह्वान गर्दा १ व्यवसायीलाई मात्र टेण्डर पर्ने देखिएकोले अन्य व्यवसायहीहरुले निवेदन दिएको आधारमा  विभागको सल्लाह अनुसार नै रद्द गरिएको बताउनुभयो । 

आर्थिक वर्ष सिद्धिनै लाग्दा पुनः टेण्डर आह्वान हुने संकेत समेत नदेखिएकोले रकम फ्रिज हुने निश्चित देखिएको छ । महाकाली अञ्चल अस्पतालमा औषधिको समेत अभाव रहेको छ । अस्पतालले विभिन्न खाले विरामीहरुलाई निशुल्क रुपमा उपलब्ध गराउदै आएको औषधि नपाएको सेवाग्राहीरुले गुनासो गरेकाछन् । टेण्डर आह्वान गर्दा ३० दिने सूचना प्रकासित गर्नुपर्ने र प्रक्रियामा जादा अझै थप समय लाग्ने भएकाले चैत्र मसान्त भित्र टेण्डर आह्वान गर्न नसके यस क्षेत्रका आम जनता प्रभावकारी स्वाथ्य सेवाबाट बञ्चित हुने निश्चित देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता