२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाको त्रीवेनी गाउँपालिकाको वडा नम्बर ४ को पोखरी टोलमा पनि अब बिजुली बल्ने..

२०७४, २८ चैत्र बुधबार ०७:३३

रोल्पा २८ चैत्र | बिगतमा निकै मोफसलमा पिछडिएर रहेको रोल्पा जिल्ला अहिले बिस्तारै बिकासको बाटो तिर पनि लम्किरहेको छ। अहिले सबै भेग तिर मोटर बाटो पुगि सकेको छ भने नपुगेको ठाउँ तिर पनि प्रत्यक बर्ष आउने बजेट छुट्याउदै ट्र्याक खोल्ने कार्य भैरहेको छ । 

गाउँ गाउमा मोटर बाट पुगे सङ्गै त्रीवेणी गाउँपालिका अन्तर्गत वडा नम्बर ४ मा पर्ने पोखरी टोलमा पनि अब मोटर बाटो सङ्गै बिजुलि बत्ति पनि बल्ने भएको छ। यो भन्दा पहिले त्यहाका स्थानीय बासिन्दाहरुले टुकी र सौर्य उर्जा मार्फत उज्यालो बाल्ने गरेका थिए ।

विद्युत लाइन बिस्तार सम्बन्धी जिल्ला विद्युत प्राधिकरण रोल्पाबाट बितरित १६ ओटा पोल मध्य ६ ओटा पोल ४ नम्बर वडाको पोखरी टोलमा वितरण भएको थियो। अरु १० गोटा पोल बुढागाउँ बासथाना चुम गैरा बिस्तार भएको छ। बाकी अन्य गाउँ टोलका लागी गाउँपालिका बाट बिस्तार हुनको लागि २० लाखको बजेटको समिती चयन भएर बिजुली पोल खरिदको कार्य पनि भैरहेको छ ।


माओवादी केन्द्र बाट ०७४ को चुनावमा उक्त वडाका प्रेमबहादुर बुढामगर 'एटम' भारी मतका साथ गाउँपालिकाको वडा सदस्यमा निर्वाचित भए सङ्गै माओवादी केन्द्रकै अर्का नेता भक्तबहादुर घर्ती नविन र स्थानीय सबैको पहलमा बिजुली आउन लागेको हो। बिजुलीको लागि अहिले पोखरी टोलमा सबै घरहरुमा वाइरिङ कार्य पनि सम्पन्न भैसकेको छ। अबको केही महिना भित्र नै उक्त गाउँमा बिजुली बल्ने प्राविधिकहरुले बताएका छन् । – नवराज बुढाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस