पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत २८, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाले आउँदो बैशाख महिनाबाट नगर सिटी बस संचालन गर्ने तयारी गरेको छ । <br></p><p>उपमहानगरपालिका क्षेत्रका नागरिकलाई सस्तो र सुलभ रुपमा यात्रा गर्नका लागि सजिलो होस भन्ने उदेस्यले नगरबस संचालन गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । बैशाखबाटनै नगरबस संचालन गर्नेगरी निजी क्षेत्रसंगको साझेदारीमा काम गर्न लागिएको प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पाण्डेले बताउनुभयो । </p><p>नगरबस संचालन गर्ने ईच्छा देखाएर केही निजी क्षेत्रका यातायात कम्पनिहरुले ईच्छा देखाएको उहाँले बताउनुभयो । यसको प्रकृया अगाढी बढाएर काम पनि सुरु गरिएको छ । </p>

