२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ७ कै सबैभन्दा ठूलो शीतभण्डार सञ्चालनमा

२०७४, ३० चैत्र शुक्रबार ०३:१०

चैत ३०, डडेल्धुरा | डडेल्धुरामा प्रदेश ७ कै ठूलो र पहिलो आधुनिक प्रविधियुक्त शीत भण्डार सञ्चालनमा आएको छ । यहाँ शीतभण्डार सञ्चालनमा आएसँगै डडेल्धुरालगायत पहाडी जिल्लाका कृषक हर्षित भएका छन् । अमरगढी नगरपालिका–१ दहमा स्थापित उग्रतारा शीतभण्डारको बिहीबार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका क्षेत्रीय निर्देशक गोकर्णराज अर्यालले उद्घाटन गर्नुभएको हो । 

विसं २०७४ वैशाखभित्र सम्पन्न गर्ने सम्झौता भए पनि करीब १ वर्ष ढिलो गरी शीतभण्डारको निर्माण सम्पन्न भएको हो । किसानले कोल्ड स्टोरमार्फत आलुको बीउलाई मात्रै सुरक्षित राख्न सके ३० प्रतिशत आयस्तरमा वृद्धि हुने आयोजना प्रमुख अर्यालले बताउनुभयो । 

“शीतभण्डारको निर्माणपछि उत्पादन गरेकै समयमा बिक्री गर्न नसक्दा कृषकले सहनुपर्ने घाटा र व्यवसायीद्वारा कुहिएको तरकारी तथा फलफूलको मूल्य उपभोक्ताबाट अशुल्ने समस्याबाट बच्न सकिन्छ,” उहाँले भन्नुभयो । रु पाँच करोड ५७ लाख लागतमा निर्माण सम्पन्न भएको पाँचतले कोल्ड स्टोरको क्षमता एक हजार ४५० मेट्रिक टन रहेको छ । नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिज्मएफपी) को ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीको ३५ प्रतिशत लगानीमा स्थापना भएको उग्रतारा शीतभण्डार उद्योगका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो । 

शीतभण्डार सञ्चालनमा आएसँगै डडेल्धुरा जिल्लाका व्यावसायिक कृषकको आयस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ । शीतभण्डार सञ्चालनमा आए पछि आलु र आलुको बीउका साथै अन्य कृषि उपज पनि सहजै भण्डारण गर्न सकिने भएबाट किसान उत्साहित भएका छन् । आफ्नो बारीमा तरकारी उत्पादन भए पनि सस्तो मूल्यमै तराईका जिल्लामा पठाउनुपर्ने बाध्यता हटेको कृषक पशुपति ऐरले बताउनुभयो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण