४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालको लालपुर्जा भएको जग्गा सर्वे टोलीले भारतको देखाईदिएपछी २६ परिवार चिन्तित

२ बैशाख २०७५, आईतवार १३:१९

शितल भट्ट | बैशाख २, बेलौरी | बेलौरी नगरपालिका १० भुडा सीमा क्षेत्रका स्थानीय चिन्तित भएका छन् । संयुक्त सीमा सर्वे टोलीले नेपालीको जमिन भारतमा देखाएको भन्दै चिन्तित भएका हुन् ।  भुडाका स्थानीय मान बहादुर चन्दले संयुक्त सर्वे टोलीले नेपालीको भूमि भारतमा देखाएर आफुहरुलाई समस्यामा पारेको चिन्ता व्यक्त गर्नुभयो । उनका अनुसार संयुक्त सीमा सर्वे टोलीले लालपुर्जा भएको जमिन भारतमा देखाएको हो ।

भुडाका स्थानीय अगुवा टिकाराम पन्तले विस २०३६ सालदेखि बस्दै आएका किसानको जमिन भारतमा देखाएको भन्दै दुःख व्यक्त गर्नुभयो । उनका अनुसार लिलाधर भट्ट, चन्द्र सिह थापा, राजु थापा, भीम शाही, हरिसिह थापा, गणेश थापा, गोपाल थापा, मान बहादुर चन्द, नारायण चन्द, देव ब. चन्द, शेर सिह थापा, प्रेम सिह थापा, प्रताप सिह थापा, शंकर दत्त पन्त, प्रमानन्द पन्त, चन्द्रदेव पन्त, मदन सिह थापा, पिताम्बर पन्त, बीर सिह थापा, नर सिह थापा, धनी चन्द, भवानी भाट, नारायण पन्त, जित बहादुर चौधरी, विक्रम सिह थापा, पदम राज पन्तको जमिन भारतमा देखाएको स्थानीयले बताएका छन् । 

संयुक्त सीमा सर्वे टोलीले भने भुडाको जमिन भारतमा नगएको दावि गर्दै आएको छ । स्थानीय राजनीतिक दलले समेत जमिनको विषयमा एकिन गर्न सरकारसंग माग गरेको छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको माग राख्दै आएका दक्षिणी क्षेत्रका स्थानीयले लालपुर्जाको जमिन भारतमा देखाउन आपत्ति मात्र नभई मुलुकलाई घाटा हुने बताएका छन् ।

बर्षौँदेखि कमाईखाएको जमिन एकाएक भारतमा देखाएर नेपालीमाथी घात भईरहेको स्थानीयको भनाई छ । पीडित नेपालीले नेपाली भूमि भारतमा देखाएको भए उक्त निर्णय सच्याउन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता