२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पालाई चुनढुंगाको सही सदुपयोग गर्न मन्त्रीको सुझाव

२०७५, ५ बैशाख बुधबार ०६:१५

वैशाख ५, लिबाङ (रासस) | प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताउनुभएको छ । 

यहाँ उत्पादित चुनढुंगाले विकास निर्माणका काममा मात्र नभएर आर्थिक समृद्धितर्फ पनि जिल्लालाई लैजान सक्ने उहाँको ठम्याइ छ । उहाँका अनुसार रोल्पामा भएको चुनढुंगा रोल्पा तथा आसपासका क्षेत्रमा सञ्चालित सिमेन्ट कारखाना पुर्याउन सके यसले जिल्लालाई आर्थिक हिसाबमा थप माथि उठाउन सक्ने देखिएको छ । 

प्रेस चौतारी, रोल्पा तथा प्रेस सेन्टर, रोल्पाको संयुक्त आयोजनामा मंगलबार लिबाङमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

यसैबीच, पत्रकारले राखेको जिज्ञासामा चौधरीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच यही वैशाख ९ गते पार्टी एकीकरण हुनेमा अझै केही कुरा सहमत हुन बाँकी रहेको र सहमति गरेर ९ गते पार्टी एकीकरण भएरै छाड्ने जानकारी दिनुभएको छ । 

प्रेस सेन्टर रोल्पाका उपाध्यक्ष खुबिना सुनारी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ नम्बर प्रदेशका सदस्य भगवती भण्डारी, नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती, त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वली, नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाका सदस्य ईश्वरी जीएमलगायत तथा विभिन्न मिडियामा आबद्ध पत्रकार तथा पार्टी कार्यकर्ता समेतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार