२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सभामुख महराद्धारा प्रथम मेयरकप २०७५ को उद्घाटन

२०७५, ५ बैशाख बुधबार १२:३५

बैसाख ५, रोल्पा | प्रथम मेयर कप प्रतियोगिता २०७५ को आज एक कार्यक्रमका बिच सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उदघाटनका क्रममा बोल्दै सभामुख महराले देशको विकासको निम्ती खेलक्षेत्रको महत्वपुर्ण योगदान हुने बताउनुभयो । 

समग्र देशको उन्नती र प्रगतिका लागि खेलक्षेत्रको माध्यम उपयुक्त रहेको बताउँदै स्वस्थ्य रहने आधार समेत खेलक्षेत्र रहेको उहाँको भनाई छ । अर्को प्रसंगमा सभामुख महराले देशको विकासका निम्ती जनप्रतिनिधिहरुको महत्वपुर्ण भूमिका हुने भएकाले स्थानिय तहको विकास जनप्रतिनिधिहरुले गर्नुपर्नेमा जोड दिनुभयो । अबको सरकारले सम्पुर्ण अभिभारा स्थानिय तहलाई दिएको हुँदा गाउँ गाउँमा सिंहदरबारको नारालाई सार्थकतामा बदल्न उहाँको आग्रह थियो ।  

रोल्पा नगरपालीका का नगरप्रमुख पुर्ण केसीको सभापतित्वमा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथी उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुन , प्रतिनिधिसभाका  सदस्य एवम पुर्व सभामुख ओनसरि घर्ति , प्रतिनिधि सभाका सदस्य एवम पुर्वमन्त्री जय पुरी घर्ति, राष्ट्रियसभाका सदस्य राजकुमार कँवर, ५ नम्बर प्रदेससभाका सदस्य दिपेन्द्र पुन सिजल जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा, पुर्व संविधान सभाका सदस्य जोखबहादुर महरा, प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसी, नेकपा एमालेका उपाध्यक्ष बालाराम बुढा, नेपाली काँग्रेसका किशोर कुमार आर्चाय, माओबादी केन्द्रका अध्यक्ष सुरेन्द्र घर्ती ध्रुब, उद्योग बाणिज्य संघका अध्यक्ष विश्व चन्द, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसीं बिक, गैर सरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष कर्ण बाठाँमगर, पुर्व जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम अधिवक्ता जित विक्रम मल्ल लगायतले शुभकामना मनतब्य दिनुभएको हो ।

कार्यक्रममा जिल्लास्थित गाउँपालिकाका अध्यक्षहरु, उपाध्यक्षहरु, जिल्ला समन्व्य समितिका सदस्य, नगरपालिकाका १० वटै वडा अध्यक्ष, सरकारी तथा गैर सरकारी निकायका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । रोल्पा नगरपालीका का उपप्रमुख मनकुमारि घर्तिको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रममा सुनछहरी कलाकेन्द्रले नृत्यद्धारा स्वागत गरेको थियो भने कार्यक्रमको सन्चालन नगर प्रेस संयोजक देवी गुरुङले गर्नुभएको थियो । कार्यक्रममा खेलको उदघाटन बिशिष्ट अतिथि प्रदेससभाका सदस्य दिपेन्द्र पुनले मशाल बालेर गर्नुभएको थियो । कार्यक्रममा तेकवान्दो, कराँतेको डेमोष्ट्रेशन एवम बिद्यालय तथा सुनछहरी कलाकेन्द्रहरुबाट सांस्कृति कार्यक्रमहरु प्रर्दशन भएका थिए ।

बैसाख ११ गते सम्म आयोजना गरिएको गाउँपालिका तथा नगरपालिकास्तरीय खेलकुद प्रतियोगितामा ९ वटा गाउँपालिका र एक नगरपालिकाबाट खेलाडीहरुले सहभागिता जनाएका छन् । पुरुष महिला भलिबल, फुटबल, क्रिकेट, कराँते, तेकवान्दो, कपर्दी, बक्सिङ, एथलेटिक्स लगायतका खेलहरुको आयोजना भएको नगर प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभयो । यसैबिच प्रथम मेयरकपको उदघाटन लगत्तै सभामुख कृष्णबहादुर महराको टोलीले परिवर्तन गाउँपालिका स्तरीय अध्यक्ष कपको उदघाटन गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण