२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोलबजार नगरक्षेत्रका माविमा सीसीटिभी क्यामरा जडान

२०७५, १६ बैशाख आईतवार ०७:५१

राम नारायण पंडित | वैशाख १६, सिरहा । सामुदायीक विद्यालयको शिक्षा दिन प्रतिदिन खस्किदै गएपछि सिरहाको गोलबजार नगारपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेका सवै माध्यमिक विद्यालयमा सीसीटीभि क्यामेरा जडान गरेको छ । शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकासको कल्पना गर्न पनि नसकिने भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक बातावरण निर्माणमा सहयोग पुग्ने विकासका साथ सीसीटीभि क्यामेरा जडान गरिएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । 

तराईका जिल्लाहरुमा सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधिको प्रयोग गरिएको नगर प्रमुख साहले जनाए । विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक अवस्थामा पनि सुधार ल्याउन प्रविधिको निगरानीले सहयोग पुग्ने साहले विश्वास व्यक्त गरे । 

क्यामेरा जडानपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षकहरु कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा बिद्यालय छाडेर भाग्ने जस्ता कार्यको निगरानी गर्न सकिने प्रमुख साहले बताए । उनले भने, ‘शिक्षा क्षेत्रमा यति राजनीतिकरण भएको छ की त्यसलाई लिकमा ल्याउन धेरै मेहनतको जरुरी छ, जसको लागि यसले पहिलो खुडकिलोको रुपमा काम गर्ने छ ।’

उनले नगर सभाको पहिलो बैठकको पहिलो निर्णय नै शिक्षा क्षेत्रको सुधारमा जोडदिन प्राविधिक मैत्रि शिक्षण प्रकृयाको विकास गर्न कम्प्यूटर दिने निर्णय गरेका थियौं, त्यसै अनुसार आज यो कार्य भएको जनाए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा आवश्यक लगानी गर्न नगर तयार रहेको जनाए ।

नगरक्षेत्रमा रहेको ६ वटा माध्यमिक विद्यालयको सम्पूर्ण विद्यालय प्राङ्गण, शिक्षक कोठा, कार्यालय कोठा र कक्षाकोठाको वरण्डासम्म फोटो खिच्न सकिने गरी प्रत्येक विद्यालयमा हाललाई ४ वटाका दरले क्यामेरा जडान गरिएको नगरपालीकाका प्रशासकिय अधिकृत गिरीराज ज्ञावालीले जनाए ।

नगर क्षेत्र भित्र पर्ने जनता नमूना माध्यमिक विद्यालय, गोलबजार ८ चोहर्वा, जनता (प्रविधिक) माध्यमिक विद्यालय गोलबजार ४, जनता माध्यमिक विद्यालय, गोलबजार १० डण्डाटोल, सरस्वती माध्यमिक विद्यालय गोलबजार ३, तेतरिया जमदह, जनता माध्यमिक विद्यालय, गोलबजार ११ बलकावा र जनता माध्यमिक विद्यालय गोलबजार १२  बेतौना महनौरमा क्यामेरा जडान गरेका छन् । 

क्यामेरा प्रत्येक बिद्यालयका प्रधानाध्यापकले निगरानी गर्ने प्रशासकिय अधिकृत ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस