४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ताप्लेजुङमा समुदायकै सक्रियतामा सडक बन्यो

२२ बैशाख २०७५, शनिबार ०६:५३

वैशाख २२, ताप्लेजुङ | ताप्लेजुङका ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नै लगानीमा सडक निर्माण शुरु गरी आफ्नो गाउँलाई यातायातको पहुँचमा पुर्याएका छन् । 

जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका विभिन्न वडाका स्थानीयवासीले आफ्नै लगानीबाट सडक निर्माण शुरु गरी कच्ची सडक आफ्नो गाउँसम्म पुर्याएका हुन् । 

सरकारद्धारा भइरहेको सडक निर्माणको गतिसुस्त भएको भन्दै स्थानीयवासीले शुरुमा रु एक करोड संकलन गरेर २०७२ सालदेखि सडक विस्तारको काम शुरु गरेका थिए । सिरिजंघा गाउँपालिकामा पर्ने साविकको आम्वेगु दिनको हप्पुखोलाबाट शुरु गरिएको निर्माणकार्य हाल साविककै खेवाङ गाविससम्म पुगेको छ । हप्पुखोलादेखि झण्डै ८ किलोमिटरमा पर्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेस्थित बाँकेटारसम्म समुदायको लगानीमा सडकको ट्र्याक खोलिएको र त्यसपछि साविक जिल्ला विकास समिति र स्थानीय तहको झण्डै रु दुई करोड बढीको सहयोगमा थप बाटो निर्माण भइरहेको बताइएको छ ।

साविकका गाविस खेवाङ, शुरुम्खिम र मेहेलेबाटप्रति गाविस ३७ लाखका दरले पैसा जम्मा गरेर सडक निर्माण प्रारम्भ गरिएको आम्वेगु दिन मेहेले शुरुम्खिम, खेवाङ याम्फुदिन सडक उपभोक्ता समिति अध्यक्ष तीर्ज लिङ्देनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति घरपरिवारले रु पाँच हजारदेखि एक लाखसम्म सडक निर्माणका लागि दिएका छन् । 

कच्ची सडक गाउँमा पुगेसँगै ती ठाउँमा साना सवारी साधन गुड्न थालेका छन् भने स्थानीयवासीमा खुशीयाली छाएको छ । अहिले खेवाङ हुँदै याम्फु दिनसम्मको सडक निर्माणकार्य जारी रहेको छ । कञ्चनजंघा पर्यटकीय मार्ग नामाकरण गरिएको उक्त सडक मेहेले, शुरुम्खिम, खेवाङ र मामांखे हुँदै याम्फुदिनसम्म जोडिन्छ । सडक निर्माणपछि भने सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र आफूहरुको जनजीवनमा समेत परिवर्तन आउने स्थानीयवासीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता