४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पूर्व बजेट छलफल शुरु

२७ बैशाख २०७५, बिहीबार ०६:३९

वैशाख २७ काठमाडौँ | राष्ट्रियसभामा आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल शुरु भएको छ । 

अर्थमन्त्री डा युवाराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी बुधबारको बैठकमा प्रस्तुत गर्नुभएको थियो । 

उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा बलरामप्रसाद बास्कोटाले अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको प्रस्तावमा समृद्ध नेपाल र सुखी नेपालको लक्ष्य प्राप्त गर्ने मार्गचित्र सकारात्मक रहेको बताउनुभयो । 

सांसद राधेश्याम अघिकारीले अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको स्वेतपत्रले आँकलन गरेजस्तो मुलुकको आर्थिक अवस्था नरहेको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, “शिक्षामा बजेट घटेको छ, उच्च शिक्षा र अनुसन्धानको विषयमा विनियोजन विधेयकले छोएको छैन, सामुदायिक विद्यालयको गुणस्तर कायम गर्ने विषय छोइएको छैन, सुनकोशी कमला डायभर्सनका लागि बजेट ल्याइनुपर्यो, मानव संशाधनबारे अर्थमन्त्रीको स्पष्ट धारणा आउन आवश्यक रहेको छ ।” 

सांसद जीवन बुढाले आर्थिक र समृद्धिका आधारले मूलभूत रुपमा बजेटका प्राथमिकताप्रति सहमत भए पनि दुर्गम र सुगमका लागि एउटै बास्केटमा हाल्ने प्रवृत्ति गलत छ भन्नुभयो । 

उहाँले भन्नुभयो, “पहाड र दुर्गम क्षेत्रका नागरिकले बजेट र प्राथमिकता हेर्न तराई र शहरमा आउनु पर्ने अवस्था अन्त्य हुनुपर्छ, दुर्गम क्षेत्रका लागि आँकलन गरेको बजेट निकै थोरै भएको हुनाले वृद्धि गर्न आवश्यक छ । 

सांसद रामप्रित पासवानले समाजवादी अर्थतन्त्रको खोलभित्र पूँजीवादी अर्थतन्त्रको परिकल्पना गर्नु नै त्रुटि रहेको बताउँदै वर्गीय र जातीय विभेदको समस्या समाधान नगरिकन विकास सम्भव नभएकाले विभेद र कुरीति निरुत्साहित गर्ने बजेट ल्याउन सुझाव दिनुभयो । 

उहाँले बाढीपीडितको समस्यालाई सम्बोधन गर्ने विषय बजेटमा समेटिन आवश्यक रहेको बताउँदै प्राविधिक तथा स्वरोजगार शिक्षाका लागि पर्याप्त बजेट विनियोजन गर्न सुझाव दिनुभयो । 

राष्ट्रियसभाको बैठक जारी रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता