२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चालु आव नौ महिनामा टेलिकमको रु ११ अर्ब खुद मुनाफा

२०७५, ३० बैशाख आईतवार ११:५२

वैशाख ३० काठमाडौँ | नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ । 

कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो । 

गत वर्षको सोही अवधिमा कम्पनीले रु ११ अर्ब ३२ करोड १८ लाख १९ हजार मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

कम्पनील हालै सार्वजनिक गरेको गत साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले रु ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार आम्दानी गरेको छ । प्राप्त विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको जनाएको छ । 

समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट रु २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट चार अर्ब ४६ करोड ११ लाख ३३ हजार आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा बिक्रीबाट रु २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट रु तीन अर्ब ११ करोड ९४ लाख ५४ हजार आम्दानी गरेको थियो । 

उक्त कम्पनीको चुक्ता पूँजी रु १५ अर्ब छ । 

जगेडा कोषमा रु ७९ अर्ब ६९ करोड पाँच लाख १५ हजार जम्मा भएको छ । कम्पनीको प्रति शेयर आम्दानी १०५.३९ रुपैयाँ छ । 

हाल सेवाग्राहीको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढिरहेको देखिएको छ । साथै कम्पनीले हालको तीव्र प्रतिस्पर्धात्मक दुरसञ्चार बजारमा अग्रणी रहन सेवाग्राहीको माग तथा रुचिअनुरुप आकर्षक भ्वाइस तथा डाटा प्याकेज ल्याउनुका साथै समयानुकूल शुल्कमा परिमार्जन गर्दै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल