४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ३ को प्रदेशसभामा पूर्व बजेट प्रस्तुत

३ जेष्ठ २०७५, बिहीबार ०८:४७

जेठ ३ हेटौँडा | प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गर्नुभएको छ । 

आज बसेको प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा उहाँले २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सरकारको प्राथमिकताको विषयमा जानकारी दिनुभएको हो । 

मन्त्री ढुंगेलले प्रस्तुत गर्नुभएको आगामी वर्षको बजेटमा पहिलो प्रदेशसभा र सरकार भएको कारणले बजेट निर्माण तथा कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो । 

बजेटले प्रमुख प्राथमिकतामा सुशासन, आर्थिक विकास, प्रदेश गौरवको योजना, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, मुख्यमन्त्री ग्रामीण सडक निर्माणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेको छ । 

बजेटले अनुदानको विषयमा सरकार गम्भीर रहेको भन्दै परिणाममुखी अनुदान वितरण, सीमान्तकृत समुदाय लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा पारेको छ । शिक्षा, स्वास्थ्य, सांस्कृतिक धरोहरको विषय पनि बजेटमा महत्वका साथमा आएका छन् । 

बजेटले प्रदेश नं ३ को १३ जिल्लामा नै सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म कालोपत्रे, प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, विद्यालय, प्रदेशमा नमूना विद्युत्गृह, शीत भण्डारण कक्षको निर्माणलाई समेत प्राथमिकतामा पारेको छ । 

मन्त्री ढुंगेलले प्रदेश सरकारले औद्योगिकीकरणलाई बढवा दिँदै कृषिलाई अब निर्यातमुखी बनाउने गरी प्रदेश सरकारले योजना निर्माण गरेको बताउनुभयो । उहाँले प्रत्येक मन्त्रालयले आफ्नो तहबाट प्राथमिकताका आधारमा ल्याएका योजनाको विषयमा गहन छलफल गरेर बजेट ल्याइनेसमेत उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता