२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठाढी भन्सारका कर्मचारी र प्रहरी खुद्रा भ्रष्टाचारमा लागेको खुलासा

२०७५, १८ जेष्ठ शुक्रबार १३:५८

राम नारायण पंडित | जेठ १८, सिरहा | सिरहाको सिमावर्ती बजार ठाढीमा भन्सार कर्मचारीदेखि प्रहरीसम्म खुद्रा  भ्रष्टाचारीमा लिप्त रहेको खुलासा भएको छ । बलेकिया तथा तस्करहरुको लाईन नियमित दिएर सशस्त्र प्रहरी, नेपाल प्रहरी र छोटी भन्सारका कर्मचारीहरुले व्यापक रुपमा खुद्रा भ्रष्टाचारी गरिरहेका छन् । जिल्लाले बेलाबखत देखाबटी कडाई गरेपनि कुनै सुधार आउन नसकेको अबस्था छ । नेपालबाट दैनिक उपभोग्य सामाग्री खरिद गर्न भारतको लौकहा बजार पुगेर फर्किदा उपभोक्ताहरुबाट दश—बीस रुपैयादेखि सय—पचासको दरमा उनीहरुले रकम असुली गरिरहेका छन् । दैनिक ५ सय भन्दा साईकल र सोही संख्यामा पैदल उपभोक्ताहरु भारतको लौकहा बजारबाट दैनिक उपभोग्य सामाग्री खरिद विक्री गर्ने जाने गरेका छन् । उपभोग्य सामग्री खरिद गरी फर्किदा ठाढी स्थित सशस्त्र वेस क्याम्पले ढाट लगाएर उपभोक्ताहरुबाट प्रहरी रकम असुली गरिहेको खुलासा भएको छ । 

यतिमात्र नभएर छोटी भन्सार कार्यालय ठाढीले समेत कर्मचारी खटाएर खुद्रा रकम असुली गरिरहेका छन् । भगवानपुर ४ का किसुन यादवले भने “सशस्त्र प्रहरीले २० रुपैयां लिहाल्यो, घरको लागि एक हजारको खाद्यान्न सामाग्री मेरो साईकलमा थियो, यो असुली प्रहरीको पुरानै बानी हो ।” किसानहरुले मलखाद्य ल्याउंदा समेत प्रहरीले केरकार गरी रकम असुली गर्दै आएका छन् । 

ठाढीमा सशस्त्र प्रहरीको हावी बढेपछि सिभिलका प्रहरी त्यति धेरै असुली गर्न नसकेको स्थानीयहरु बताउंछन् । भारतीय बजारबाट नेपालको विभिन्न बजारसम्म थोक मालसमान पुर्याउंन त्यसक्षेत्रमा दर्जन भन्दा बढी बलेकिया तथा तस्करहरु सक्रिय रहेका छन् । तस्करहरुले सशस्त्र प्रहरी, प्रहरी र भन्सारलाई महिनावारीको आधारमा रकम बुझाएर मालसमान भित्र्याउंने गरेको श्रोतको दाबी रहेको छ । 

सशस्त्र प्रहरीका इन्स्पेक्टर एस बस्नेतले भने “त्यस्तो केही छैन, विवाह तथा मर्दापर्दाको अवस्था हेरेर १५—२० हजारसम्मको माल भित्र्याउंन छुट दिन्छु ।’ ‘यसको लागि कुनै सिफारिस चाहिदैन ।’‘ यसमा को तस्कर को के त्यस्तो केही थाहा हुंदैन ।” 

तस्करहरुले तेस्रो मुलुकको उत्पादन सामाग्री सिमा वारिपारी गराउंदा समेत प्रहरी र भन्सार कर्मचारी रकम खेलमा फस्ने गरेको छ । विगतमा त्यसक्षेत्रमा सुपारीको व्यापार उच्च रहेको थियो । अहिले चाइनाबाट आउंने स्याउ भारत पैठारी गराउंन प्रहरी र भन्सार सक्रिय रहेको छ । लहानमा स्याउको स्टोक हुने गरेको छ भने बसमा राखेर ठाडीबाट रातीको बखत प्रहरीकै निगरानीमा भारत पुर्याउंने गरेको छ । लहान ६ का गोपाल गुप्ताले भने “एउटा बसमा ८० कार्टुनसम्म स्याउ लहानबाट जाने गरेको छ ।” छोटी भन्सार ठाढीले पांच हजारसम्मको राजस्व काट्ने गरेपनि कम मूल्यांकन गरी लाखौको मालसमान नेपाल भित्राउंने गरेको छ । 

छोटी भन्सारका कर्मचारी शिव लम्सालले बैशाखमा ३९ लाख ९ हजार७ सय र जेठ १५ गतेसम्म ९ लाख ७१ हजार ५ सय ५९ रुपैयांको राजस्व संकलन गरिएको बताए । 

नेपाल भारत खुला बोर्डरको कारण दैनिक उपभोग्य सामाग्री वाहेक लागुऔषधको कारोवार समेत कसिलो रुपमा भइरहेको छ । घुस दिएर आएका कति मालसमान महेशवारी, लहान प्रहरीले नियन्त्रणमा लिने गरेको छ । 

नेपाल सरकार र भारतीय सरकारले बिभिन्न सहमति सम्झौता गरेपनि सिमा क्षेत्रमा खटिएका भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपालीहरुलाई भारतीय बजारबाट उपभोग्य समान खरिद गरेर आउने बेलामा अनाहकमा दुःख दिने गरेको भएपनि सरोकारबालाको ध्यान जान सकेको छैन् । सिमामा खटिएका एसएसबिहरुले नेपाली उपभोक्ताहरुबाट रकम असुली समेत गरिरहेको श्रोतको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने