जेठ १९, काठमाडौं ।  हवाई इन्धनको भाउ बढेसँगै आन्तरिक उडानतर्फको भाडा पनि बढ्ने भएको छ । वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको हो ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी निगमले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १९, काठमाडौं ।  हवाई इन्धनको भाउ बढेसँगै आन्तरिक उडानतर्फको भाडा पनि बढ्ने भएको छ । वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको हो ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी निगमले "/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्तरिक उडानतर्फको भाडा बढ्दै

२०७५, २० जेष्ठ आईतवार १२:००

जेठ २०, काठमाडौं ।  हवाई इन्धनको भाउ बढेसँगै आन्तरिक उडानतर्फको भाडा पनि बढ्ने भएको छ । वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको हो ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढाएको  थियो । मूल्य बढेसँगै इन्धन शुल्क बापतको खर्च बढेको भन्दै संघले भाडा बढाउन लागेको हो ।

वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक कमलेश बर्माकाअनुसार बढाईएको भाडा नागरिक उड्ययन प्राधिकरणले स्वीकृति दिएपछि मात्रै लागू हुनेछ । हवाई इन्धनको मूल्य बढेसंगै इन्धन खर्च बढेको भन्दै हवाई भाडा बढाउन वायुसेवा सञ्चालक संघको भनाई छ ।

नयाँ भाडादरअनुसार काठमाडौं धनगढीको भाडा अब १२ हजार ८ सय ७० हुने भएको छ । यसअघि यो रुटको भाडा १२ हजार ६ सय ५० रुपैयाँ रहेको थियो । यो रुटमा थप २ सय २० रुपैयाँको इन्धन शुल्क बढेको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ । त्यस्तै माउन्टेन फ्लाइटको भाडा १ सय ७० रुपैयाँ बढ्ने भएको छ ।

यसअघि ११ हजार ३ सय मा रहेकोमा माउन्टेन फ्लाइटको भाडा अब ११ हजार ४ सय ७० कायम हुने भएको छ ।त्यस्तै नेपालगंज काठमाडौंको भाडा १ सय ६५ रुपैयाँ बढ्ने भएको छ । पोखराको भाडामा ८० रुपैयाँ थप इन्धन शुल्क लाग्नेछ भने भैरहवासम्मको भाडामा १ सय रुपैयाँ वृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा