४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हकप्रद र बोनस सेयरमा अग्रिम कर असुल्न निर्देशन

२० जेष्ठ २०७५, आईतवार १२:५६

जेठ २०, काठमाडौं । आन्तरिक राजश्व विभागले हकप्रद र बोनस सेयरमा अग्रिम कर असुल्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । विभागले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्रचार गरी अग्रिम कर असुल्न निर्देशन दिएको हो ।

आन्तरिक राजश्व विभागको निर्देशन अनुसार आइतबारदेखि लगानीकर्ताको बोनस र हकप्रद सेयरको लागत मूल्य एक सय रुपैयाँ कायम भई सो अनुसार लाभकर गणना हुनेछ । असार ३२ गतेसम्म पाँच प्रतिशत र श्रावण १ गतेबाट नयाँ बजेटको व्यवस्था अनुसार लगानीकर्ताले ७.५ प्रतिशतका दरले पूँजीगत लाभकर तिर्नुपर्नेछ ।

विभागका अनुसार अब सेयर लगानीकर्ताले बोनस र हकप्रद सेयरको चुक्ता मुल्यलाई आधार मानेर लाभकर तिर्नुपर्ने भएको छ । यसअघि बोनस र हकप्रदमा आधारमूल्यको आधारमा लाभकर गणना हुँदै आएको थियो । नेप्सेमा हकप्रद र बोनस समायोजन हुँदा निर्धारण गरिएको कम्पनीको औषत आधारमूल्य भन्दा बढीमा सेयर बिक्री गर्दाको अवस्थामा आयको आधारमा पाँच प्रतिशतका पूँजीगत लाभकर तिर्दे आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता