२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई हजारबाट व्यवसाय सुरु गरेकी पन्थको कारोवार अहिले ५० औं लाखको

२०७५, २३ जेष्ठ बुधबार १५:४९

प्रेम सुनार | जेठ २३, गुल्मी | आज भन्दा १० वर्ष अघि गुल्मीको लुम्छा वजारमा जम्मा दुई हजारबाट चियाको कित्ली वसाल्न सुरु गरेकी लक्ष्मी पन्तले यस अवधीमा ५० लाख भन्दा बढि कमाई सकेकी छन भने अहिले उनको चिया पसल  होटलमा परिणत भई  मासिक लाखौ कारोवार गर्ने बनेको छ । ‘२०६५ सालमा जम्मा दुई हजारबाट चिया पसल सुरु गरेकी हुँ’–पन्थले भनिन–‘ अहिले सम्मको कमाईले हाल ४० लाख पर्ने बुटवलमा एउटा घडेरी र हालै १२ लाखमा अर्को घडेरी किनेकी छु ।’

उनले विभिन्न वचत समुह संग आवद्ध भई ऋण लगानी  गरी दिएकोले आफु यो स्थान सम्म आई पुगेको बताईन ।  पछिल्लो चरण २०७२ साल देखि  स्वदेशी लघु वित्त वित्तिय संस्था लिमिटेडले आवश्यक मात्रमा ऋण लगानी गरी दिएको र त्यसले ब्यवसाय ह्वात्तै बढेकोले आफु वुटवलमा दुई वटा घडेरी किन्न सफल भएको बताईन ।

श्रीमान दुई छोरा छोरी सहित होटल सञ्चालन गरेकी उनले दुवै छोरा छोरीलाई उच्च शिक्षा अध्यान गराउँदै गरेको बताईन । कुनै  दिन समुहको ऋण तिर्न नसकेर थाल खाउँकी भात खाउँ समेत भईयो उनले थपिन अहिले बैंक ब्यालेन्स र अन्य सवै कुरा राम्रै छ ।

सुनसरी–८ ईटहरीमा प्रधान कार्यालय रहेको सो संस्थाले गुल्मीमा दिगाम शाखा स्थापना गरेपछि हाल सम्म छत्रकोट   र रुरु गाउँपालिका भित्रका पन्थ जस्ता ६० जना महिलालाई , कृषि , पशुपालन र अन्य ब्यवसायमा  समुह गठन गरेर मासिक वचत र  ऋण लगानी गर्न थालेपछि उनिहरु सवै जनाले आफुहरु अव घरयासी खर्चका लागि श्रीमानको मुख ताक्न नपर्ने गरी आत्मानिर्भर बनेको बताए ।   रुरु गाउँपालिका वलेटक्सार पानी ट्याङकी निवासी मिना नेपाली उनका श्रीमान अमर नेपाली दलालले रशियाको राम्रो रोजगार मिलाई दिन्छु भन्दै पठायो र दुई महिना मै फर्किनु पर्यो । त्यसबाट ८ लाख ऋणको भारीले पिल्सीएकी उनले सोही संस्थाबाट ऋण लगानी पाए पछि पसल सञ्चालन गरिन र उनै वैदेशिक रोजगार पिडित श्रीमानलाई वङ्गुर पालनमा लगाईन ।


२०७१ साल देखि हाल सम्म उनिहरुले त्यो आठ लाख ऋण तिरी सकेर ब्यवसायी उक्साउँदै लगेको नेपालीले बताईन । सवै महिलाहरु ब्यवसायमा सफल भएको देखेपछि आफु पनि छोरा छोरीको भविश्यका लागि  छत्रकोट–४ की कमला अर्यालय  पनि हालै त्यस संस्थामा सहभागी भएको बताईन ।

छत्रकोट १ हुँगाकी टोपला सारुले अहिले  त्यस संस्थामा आवद्ध महिलाहरु ऋाफैले घर चलाउन सक्ने अवस्थामा पुगेको बताउँ छिन् । सो संस्थाले दिगाम शाखामा बुद्धवार आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी–२०७५ मा सहभागी सवै महिलाहरुले आफुहरु  कृषि, पशुपालन र विभिन्न ब्यवसायबाट आत्मनिर्भर भई सकेको बताए । कार्यक्रमको अध्यक्षता गरेकी छत्रकोट ४ की राधिका कँडेलले आर्थिक रुपपले मात्र आफुहरु अगाडी नपढेर चेतनाको दृष्टिले समेत अगाडी रहेको बताईन ।

सो शाखा प्रमुख हेमराज अवस्थीले आफु सुरुमा आउदा यहाँका महिलाको अवस्था र अहिलेकोमा धेरै अन्तर भएको बताए । सो संस्थाका केन्द्रिय प्रतिनिधी दिपक काउचाले देशका ४७ जिल्लामा शाखा स्थापना भई यस्ता कार्यहरुको भई रहेको बताए । उनले गुल्मीको दिगाम शाखामा मात्र दुई करोड भन्दा बढि ऋण लगानी भई सकेको र महिलाहरुले हाल सम्म ७३ लाख बचत गरी सकेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस