चिल्लो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिल्लो "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिराको जोखिम रोक्न जोखिम मोलेरै काम

३ असार २०७५, आईतवार १०:४८

असार ३, चितवन | नारायणगढ –मुग्लिन सडक–खण्डका भित्ता(भीर)मा रक क्लाम्बिङ खेल जस्तै मजदूरहरु टल्कने ज्याकेट र पहँेलो हेल्मेटमा भीरभीर देखिन्छन् । 


चिल्लो सडकमा कुदेका गाडीबाट मुण्टो ठाडो पारेर हेर्दा टुप्पामा मजदूरहरु भीरमा अड्किएर गरिरहेका छन् । एक त पहिरो लड्ने जोखिम क्षेत्र, त्यसमाथि छङ्गाछुर भीरमा पुगेर मजदूरहरुले काम गरेको देख्दा कतिको आङ नै सिरिङ्ग हुन्छ । 

उनीहरु मुख्य गरी फलामको डण्डीको भर्याङ (स्काफोल्डिङ)मा बसेर तथा कतै बाँसको स्काफोल्डिङमा काम गर्दैछन् । मजदूर कतै जाली बिच्छ््याउँदै तथा कतै जुट बिच्छ्याउँदै छन् । उनीहरुले गरेको काम ‘रकम मेटिङ’ प्रविधि हो । अर्काे स्थानमा जुट मेटिङ र बायोइञ्जिनीयरिङ काम पनि जारी छ । 

“मुख्यगरी यहाँबाट पहिरो खसी मानवीय र भौतिक वस्तुको क्षति नहोस् भनेर यसरी काम गरिरहेका छौ”, नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालले भन्नुभयो, “विगतका जस्ता पहिरो यसले रोक्छ ।” 


अहिले जोखिम रहेका ११ स्थानमा काम भइरहेको छ । अन्तर्राष्ट्रिय रुपमा प्रयोग हुने यो प्रविधि आयोजनाले प्रयोग गरेको छ । सोही क्षेत्रमा स्थलगत रुपमा रक मेटिङका साइड हेरिरहनुभएका ओभरसियर प्रकाश भण्डारी रक मेटिङको काम तीव्र भइरहेको बताउँदै भन्नुहुन्छ “अधिकांश क्षेत्रका भीरको काम सकिन लागेको छ असार १५ सम्ममा सबै काम सकिन्छ ।” 

अन्य क्षेत्रको १८ स्थानमा भने बायो इञ्जिनीयरिङको काम जारी रहेको भण्डारी बताउनुहुन्छ । मुख्यगरी कालीखोलादेखि मुग्लिनसम्मको सडकमा र कालीखोलाभन्दा यता नारायणगढ क्षेत्रमा पर्ने भालुढुंगा र सेती दोभानमा यसरी काम भइरहेको छ । 

अर्को चार किलो भन्ने स्थानमा भने भित्रसम्म नै चट्टान चलायमान रहेकाले यो प्रविधिले थेग्न नसक्ने देखिएको इञ्जिनीयर बताउँछन् । सोही क्षेत्रमा गाडी चलाउँदै आउनुभएका सवारी चालक कृष्ण परियार सडक राम्रो र चिल्लो भए पनि माथिबाट आउने पहिराको भने ठूलो डर रहेको बताउनुहुन्छ । 

अहिलेसम्म नारायणगढ–मुग्लिन सडकको काम करीब ९४ प्रतिशत सकिएको छ । दोस्रो तहको कालोपत्रेको काम सकिएर अहिले तेस्रो चरणको कामसमेत १६ किलोमिटर सकिएको आयोजनाले जनाएको छ । चार पटक थपिएको म्याद गत जेठ १६ गते सकिएको हो । अब बाँकी काम म्याद थप भएन भने जरिवाना तिरेर पनि ठेकेदारले गर्नुपर्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता