चिल्लो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिल्लो "/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिराको जोखिम रोक्न जोखिम मोलेरै काम

२०७५, ३ असार आईतवार १०:४८

असार ३, चितवन | नारायणगढ –मुग्लिन सडक–खण्डका भित्ता(भीर)मा रक क्लाम्बिङ खेल जस्तै मजदूरहरु टल्कने ज्याकेट र पहँेलो हेल्मेटमा भीरभीर देखिन्छन् । 


चिल्लो सडकमा कुदेका गाडीबाट मुण्टो ठाडो पारेर हेर्दा टुप्पामा मजदूरहरु भीरमा अड्किएर गरिरहेका छन् । एक त पहिरो लड्ने जोखिम क्षेत्र, त्यसमाथि छङ्गाछुर भीरमा पुगेर मजदूरहरुले काम गरेको देख्दा कतिको आङ नै सिरिङ्ग हुन्छ । 

उनीहरु मुख्य गरी फलामको डण्डीको भर्याङ (स्काफोल्डिङ)मा बसेर तथा कतै बाँसको स्काफोल्डिङमा काम गर्दैछन् । मजदूर कतै जाली बिच्छ््याउँदै तथा कतै जुट बिच्छ्याउँदै छन् । उनीहरुले गरेको काम ‘रकम मेटिङ’ प्रविधि हो । अर्काे स्थानमा जुट मेटिङ र बायोइञ्जिनीयरिङ काम पनि जारी छ । 

“मुख्यगरी यहाँबाट पहिरो खसी मानवीय र भौतिक वस्तुको क्षति नहोस् भनेर यसरी काम गरिरहेका छौ”, नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालले भन्नुभयो, “विगतका जस्ता पहिरो यसले रोक्छ ।” 


अहिले जोखिम रहेका ११ स्थानमा काम भइरहेको छ । अन्तर्राष्ट्रिय रुपमा प्रयोग हुने यो प्रविधि आयोजनाले प्रयोग गरेको छ । सोही क्षेत्रमा स्थलगत रुपमा रक मेटिङका साइड हेरिरहनुभएका ओभरसियर प्रकाश भण्डारी रक मेटिङको काम तीव्र भइरहेको बताउँदै भन्नुहुन्छ “अधिकांश क्षेत्रका भीरको काम सकिन लागेको छ असार १५ सम्ममा सबै काम सकिन्छ ।” 

अन्य क्षेत्रको १८ स्थानमा भने बायो इञ्जिनीयरिङको काम जारी रहेको भण्डारी बताउनुहुन्छ । मुख्यगरी कालीखोलादेखि मुग्लिनसम्मको सडकमा र कालीखोलाभन्दा यता नारायणगढ क्षेत्रमा पर्ने भालुढुंगा र सेती दोभानमा यसरी काम भइरहेको छ । 

अर्को चार किलो भन्ने स्थानमा भने भित्रसम्म नै चट्टान चलायमान रहेकाले यो प्रविधिले थेग्न नसक्ने देखिएको इञ्जिनीयर बताउँछन् । सोही क्षेत्रमा गाडी चलाउँदै आउनुभएका सवारी चालक कृष्ण परियार सडक राम्रो र चिल्लो भए पनि माथिबाट आउने पहिराको भने ठूलो डर रहेको बताउनुहुन्छ । 

अहिलेसम्म नारायणगढ–मुग्लिन सडकको काम करीब ९४ प्रतिशत सकिएको छ । दोस्रो तहको कालोपत्रेको काम सकिएर अहिले तेस्रो चरणको कामसमेत १६ किलोमिटर सकिएको आयोजनाले जनाएको छ । चार पटक थपिएको म्याद गत जेठ १६ गते सकिएको हो । अब बाँकी काम म्याद थप भएन भने जरिवाना तिरेर पनि ठेकेदारले गर्नुपर्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी