२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लक्षीत वर्गका लागी घोडाघोडी नगरपालिकामा क्षमता बिकास तालीम सुरु

२०७५, ९ असार शनिबार १८:११

असार ९, सुखड | लक्षीत वर्गका लागी कैलालीको घोडाघोडी नगरपालिकामा क्षमता बिकास तालीम सुरु भएको छ । प्रयास नेपालको आयोजना तथा घोडाघोडी नगरपालिकाको आर्थिक सहयोगमा दलित, अल्पसंख्यक, कमलरी तथा जनजातीहरुका लक्षीत कार्यक्रम अन्तरगर्त मोबाईल रिपियरिंग वेसिक कम्पयूटर र ब्युटिपार्लर तालिम सुरु भएको हो ।

क्षमता विकास तालिमको आज एक कार्यक्रमका विच उद्घाटन गरीएको छ । प्रयास नेपालका उपाध्यक्ष पुष्पराज जैशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा घोडाघोडी नगर उप प्रमुख प्रेम कुमारी थापा रहनु भएको थियो । कार्यक्रममा वोल्दै नगर उप प्रमुख प्रेम कुमारी थापाले सिप सिक्न पाउनु ठुलो कुरा भएको बताउदै अवसरको सदुपयोग गरी उपलव्धी हासिल गर्नु पर्नेमा जोड दिनु भयो । साथै उहाले सिप सिकेर व्यवसाय गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । घोडाघोडी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष मनराज शाहीले सिप सिकेर आत्मनिर्भर वन्न तालिममा सहभागिहरुलाई आग्रह गर्नु भयो । 


कार्यक्रममा वोल्दै घोडाघोडी नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हरिराज विष्टले तालिमवाट सिप सिकी दक्ष वन्न सहभागिहरुलाई सुझाव दिनुभयो । यि यस्ता सिप सिकाउन नगरपालिका प्रतिवद्धरहेको उहाले बताउनु भयो ।प्रयास नेपालका महा सचिव तथा कार्यक्रम संयोजक नवराज खनालको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन जनार्दन उपाध्यायले गर्नु भएको थियो । कार्यक्रम पछी सञ्चारकर्मी कुराकानि गर्दै प्रयास नेपालका उपाध्यक्ष पुष्पराज जोशीले  क्षमता विकास तालिम अन्तरगर्त कम्पुटर र मोवाइल रिपियरिंग तालिम तिन महिना सम्म र  ब्युटिपार्लर तालिम एक महिना सम्म सिकाइने बताउनु भयो । तालिम असार १० गते आइतवार वाट सुरु निरन्तर चल्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो