2026-09-08 08:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौंडाको बजेट १ अर्ब ६३ करोड

असार १०, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ६३ करोड ४ लाख ५७ हजार अनुमानित बजेट प्रस्ताव गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको आजको तेस्रो नगरसभा बैठकले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेट समेत प्रस्तुत गर्दै उपमहानगरपालिकाले डेड अर्ब रुपैयाँ भन्दा बढीको बजेट प्रस्तुत गरेको हो । कूल बजेट मध्ये कार्यालय सञ्चालन तथा प्रसासनिक खर्च तर्फ १६ करोड ५९ लाख ६४ हजार अनुमान गरिएको छ । अर्थात कूल बजेटको दश दशमलब १८ प्रतिशत प्रसासनिक खर्च तर्फ विनियोजन प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाले पूँजिगत तर्फ बिनियोजन प्रस्ताव गर्दा गत नगर सभाबाट स्विकृत गरेको रणनीतिक, नगरस्तरीय ठूला पूर्बाधार र नगरस्तरीय क्षेत्रगत आयोजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ ।

नगरका सम्पूर्ण वडाहरुलाई भूगोल, जनसंख्या, गरिवीको अवस्था र पूर्बाधार संरचनाको वर्तमान अवस्था समेतको आधारमा क र ख वर्गमा बिभाजन गरी वडास्तरीय आयोजना तथा कार्यक्रमहरुका लागि मात्र २० करोड ५० लाख बिनियोजन प्रस्ताव गरिएको छ । क्षेत्रगत रुपमा आर्थिक बिकास तर्फ (कृषि, पशु, उद्योग वाणिज्य, पर्यटन, सहकारी र बित्तीय क्षेत्र) कूल २ करोड ६४ लाख रुपैयाँ बिनियोजन गरिएको छ । आज उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले प्रस्तुत गर्नु भएको बजेटमा बिकाश निर्माणका कामलाई बढी प्राथमिकता दिइएको छ । सामाजिक बिकास क्षेत्र अर्न्तर्गत (शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, खाद्य परिक्षण प्रयोगशाला, सँस्कृति प्रबर्धन, खेलकुद तथा मनोरन्जन र लैङ्गिक समानता र सामाजिक समावेसीकरण) कूल ६९ करोड १७ लाख बिनियोजन गरिएको उपमेयर लामाले बताउनुभयो । पूर्बाधार बिकास क्षेत्र तर्फ (स्थानीय सडक, पुल तथा झोलुङ्गेपुल, सिचाई, भवन तथा शहरी बिकास, सडकबत्ती, उर्जा, खानेपानी पुर्बाधार तथा वडागत आयोजनाहरु समेत) कूल ३७ करोड ८ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यसै गरी वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ ७ करोड ३१ लाख बिनियोजन गरिएको छ । यसै गरी संस्थागत बिकास, सेवा प्रवाह र शुसासन क्षेत्र तर्फ कूल २ करोड १६ लाख बिनियोजन गरिएको उहाँले बताउनुभयो ।

सवै वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गर्ने उद्देश्यका साथ हेटौंडा वडा नंम्बर १२ को भवन निर्माणको प्रक्रिया सुरु भैसकेको छ ।बाँकी वडाहरुको भवन निर्माण तथा मर्मतका लागि आगामी आबका लागि बर्ष ५० लाख रुपैयाँ  छुट्याइएको छ । भारि मेसिन र औजार, निर्माण सम्बन्धि मेसिन, ट्रीपर, ट्रयाक्टर, जिप, मोटरसाइकल, कार्यालय साधन तर्फ २ करोड ७५ लाख बजेट अनुमान गरिएको छ । आगामी २ बर्ष्भित्र दिर्घकालिन प्रभाव दिने खालका नगरस्तरीय गौरबका आयोजनाहरु सञ्चालन गर्न विनियोजन गरिने बताइएको छ । त्यस्ता आयोजनाहरुको विस्तृत सम्भाव्यता अध्ययन सहित परियोजना निर्माणका लागि १ करोड विनियोजन प्रस्ताव गरिएको छ । गत आ.व.मा संचालित क्रमागत आयोजना तथा कार्यक्रमहरुको दायित्व भुक्तानीका लागि ८ करोड, नेपाल सरकारका अन्य निकायहरुबाट कार्यान्वयनमा आउन सक्ने आयोजना तथा कार्यक्रमहरुका लागि समपूरक कोष तर्फ १ करोड, सडकवोर्ड नेपालबाट शहरी सडक मर्मत शीर्षकमा प्राप्त हुने अनुदान तथा अन्य मर्मत सम्भार कार्यका लागि मर्मत सम्भार कोष तर्फ १ करोड ५० लाख, आकस्मिक तथा भैपरी आउने खर्चका लागि १ करोड, नगरस्तरीय बिपद व्यवस्थापन कोष तर्फ १ करोड बिनियोजन प्रस्ताव गरे उहाँले नगरसभामा जानकारी गराउनुभयो ।

आगामी आबमा वडास्तरीय आयोजना तथा कार्यक्रमहरु, बिषयगत कार्यालय तथा शाखाहरु मार्फत संचालन गरिने कार्यक्रमहरुका अतिरिक्त नगरस्तरीय ठूला बिकास पूर्बाधार कार्यक्रम अर्न्तर्गत कर्भडहल निर्माण कार्य पूरा गरिन बताइएको छ । यसै गरी सडक मर्मत सम्भार अर्न्तर्गत नगरक्षेत्रका बिभिन्न सडक खण्डको मर्मत सुधारका कार्यक्रमहरु संचालनमा ल्याउने प्रस्ताव गरिएको छ । साथै बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले खाद्य परीक्षण प्रयोगशालाको निर्माण तथा सञ्चालनका लागि बजेट विनियोजन प्रस्ताव गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग