५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुराका ५९४ विद्यार्थीलाई सौर्य टुकी

१३ असार २०७५, बुधबार ०२:२५

असार १३, डडेल्धुरा | विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ । 

वैकल्पिक ऊर्जा प्रवद्र्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका दुई गरी आठवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मंगलबार सौर्य टुकी वितरण गरिएको हो । 

अमरगढी नगरपालिकाभित्रका सबै छवटा र नवदुर्गा गाउँपालिकाका दुई माविमा अध्ययनरत कूल ५९४ विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउदले जानकारी गराउनुभयो । 

आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई टुकी दिइएको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो । औषतमा एक विद्यालयबाट कक्षा ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थीलाई टुकी दिइने भनिए पनि विद्यालयले छनोट गर्दा गरीब, जेहेन्दार विद्यार्थी संख्या बढी हुन आएपछि टुकी पनि बढाइएको प्रमुख ओझाको भनाइ रहेको छ । 

टुकी वितरणअन्तर्गत मंगलबार अमरगढी सदरमुकाम खलंगामा रहेको महेन्द्र नमूना माविका ६३ जना विद्यार्थीलाई वितरण गरिएको अमरगढी नगरपालिकाले जनाएको छ । 

बेलाबेलामा बत्ती गइरहने भएकाले सोलार टुकीले गृहकार्य गर्न तथा अध्ययनमा सहयोग मिल्ने भन्दै विद्यार्थी हर्षित बनेका छन् । अँध्यारोका कारण पढ्नबाट नरोकिने विद्यार्थीको भनाइ छ । एक वर्षको वारेण्टी भएका सौर्य टुकीबाट दुईवटा बल्व बाल्न सकिने वैकल्पिक ऊर्जा प्रवद्र्धनका प्रतिनिधि लालमणि पन्तले जनाउनुभयो । 

दिनभरि घाममा राखे रातभरि दुईवटा चीम बाल्न मिल्ने उहाँको भनाइ छ । यस सौर्य टुकीको अहिलेको बजार मूल्य रु तीन हजार ५०० देखि रु चार हजारसम्म पर्ने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता