२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्लाष्टिकले पहिरो रोकिएला ? यस्तो छ जनताको झटारो

१३ असार २०७५, बुधबार १४:२०

प्रेम सुनार | असार १३, गुल्मी | जनप्रनिधी र प्रशासनिक जवाफदेहिताको रमिता हेर्न धेरै टाढा जानु पर्दैन गुल्मीको सदरमुकाम तम्घासको एक टोलमा गएर हेरे हुन्छ । रेसुङ्गा नगरपालिका वडा नम्वर–२ मा रहेको रेसुङ्गा माध्यामिक विद्यालयले खैले मैदान बनाउने क्रममा त्यही माटो खन्न र वाहिरबाट समेत माटो ल्याएर, माटैको पहाड बनाई रहेको छ ।

अविरल वर्षाका वेला त्यस विद्यालय तल वडा नम्वर–१ का जनताको घर त्यहाँको माटो बगेर उच्च जोखिममा परेका छन् । महिनौ अघि देखि माटो ब्यवस्थापन गर्न त्यस टोलका वासीन्दाले विद्यालय परिवार देखि  जनप्रतिनिधीहरु संग अनन्य विनय गरेको पनि धेरै भयो ।  

तर सुन्ने कुनै निकाय नै नभए जस्तो त्यहाँका वासीन्दाले महशुस गरेका छन् । कसै बाट सुनुवाई नभए पछि  जिल्ला विपद् ब्यवस्थापन  समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा कहाँ पनि निवदेन लिएर पुगे । शर्माले नगरपालिकाको जिम्मा दिए ।

एक हप्ता भयो नगरपालिकामा पत्र पुगेको उसले पनि अव कसो थाप्लोमा हाल्ने हो  । यति वेला अविरल वर्षा चलिरहेको छ । त्यहाँको माटो वगेर  ६ घर धुरी  रातमा त्रासमा  बाँच्नु परेको छ । माथीबाट रातो माटो बग्दै छ तलका वासीन्दाले सोह्रदै छन । माथी विद्यालयलाई सोह्रन पनि परेन र अहिले पुरिएर पनि कोही मरी हालेको छैन भन्न ठानेर होला सुनुवाई हुन नसकेको ।

जनप्रतिनिधीहरुको ध्यानकृष्ट गराउँदा यति सम्म भन्न भ्याएकी प्लाष्टिक लगाएर रोकथामको प्रयास बारे पनि सोचिएको छ । यो दुनियाँमा प्लाष्टिकले पहिरो रोकिने भए किन विभिन्न खाले पर्खाल ढल नालीको निर्माण गर्न पर्दथ्यो होला । हुन त अहिलेका आधुनिक जनप्रतिनिधीहरुको ताजा  र वैज्ञानिक सोच पनि  त्यो सम्भव होला ।

तर स्थानिय भन्छन–‘पहिरो पनि कहीप्लाष्टिकले कहिँ रोकिएला ?  वडा नम्वर २ का वडाध्यक्ष भन्छन्–‘ हामी त्यहाँका जनता प्रति एकदम चिन्तित र गम्भीर छौं । आजै विहान तल डोजर लगाएर खाडल खनि प्लाष्टिक पोखरीको रुपमा पानी जम्मा गर्ने र माथी पनि प्लाष्टिकले छेक्ने सम्मको छलफल भएको छ । ’ उनि त्यसै विद्यालय व्यवस्थापन समितिका सदस्य पनि हुन ।  व्यवस्थापन समितिका अध्यक्ष जयश्वर पन्थी नै जिल्ला प्रशासन कार्यालय मुद्धा फाँट प्रमुख भएकोले झन उनि गम्भीर नहुने त कुरै भएन ।  उनले भने यस विषयमा हामी एकदम चिन्तीत र गम्भीर छौं ।


माथिको तश्विरमा: प्लाष्टिकले रोक्नेसम्मको वैज्ञानि सोच राखिएको स्थान ।  

त्यस्तै वडा नम्वर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे पनि असाध्धै चिन्तीत र गम्भीर देखिए । ध्यानकृष्ट गराउँदा भर्खरै फोनमा भने म असाध्धै चिन्तीत र गम्भीर छु भर्खरै गाडी लिएर त्यस तर्फ हिडी हाँले ।

उता मेयर डिल्लीराज भुसालको ध्यानकृष्ट गराउँदा पनि उनि अहिले भर्खरै त्यहाँ उडेरै पुग्छन कि जस्तो गरी आफ्ना भनाईहरु राखे । तर यो समाचार लेख्ने वेला सम्म कोही पुगेको छैन । चिन्ता ब्यक्त गर्नेहरु सवै भए । स्थानियले ब्याङ्ग गर्दै भने मुखको टुँडोमा गोहीका आँशु बगाउने मात्रै हुन सवैले तर जवाफदेहिता कसैबाट पाएनौं ।

त्यस विद्यालयका प्रधानध्यापक प्रेमनारायण भण्डारीले पनि स्थानियलाई त्यहाँको माटोले पारेको समस्या प्रति ठुलो चिन्ता ब्यक्त गरे । अहिले वर्षायाममा हुने सम्भावित जोखिमलाई  वर्षायामका मुख सम्म डोजर चलाउदा  बुझेको भए अहिले प्रधानध्यापक भण्डारीलाई यति साह्रो चिन्ताले पिरोलिन पर्दैन्थ्यो कि ? भनेर  स्थानियले ब्याङ्ग गरे  ।

प्रमुख जिल्ला अधिकारी शर्मा अवकास लिएर भोली घर तिर हिड्ने भए पछि नगरपालिकाको टाउँमा पठाई दिएको वोझ फेरी फर्केर आए अव आउने सिडियोको थाप्लोमा आउला ।  एक जना जनप्रतिनिधीले यति सम्म भने कि भोली केहि भयो भने मिलेर गरौंला । अर्थात मरेका वाउलाई केरा ? केहि घटना भयो भने मिलेर गर्न खोजेका हुन उनले ।

विपद न्युनिकरणका लागि गोष्ठीका मासु चिउरा चपाउने र खामा पटाउनेहरुले त्यस वेला निकै जवाफदेहिता ओकलेको पाईन्छ । तिनै खामावालाहरु संगै बुझ्ने हिड्ने र जनतालाइ बाढि पहिरोबाट बच्नलाई सु–सुचित  गर्छु भन्दै सम्वन्धित कार्यालयमा विभिन्न मिडियाको हवला दिदै यसै समाचारदाता सहितको टोलीहरु  धउने गर्छन  भन्छन स्थानियहरु ।

घर जोखिममा परेका शिवबहादुर रायमाझी, कपिल महत , पदमबहादुर घर्ति, आरती गुरुङ्ग, कमल पन्थी र नेत्रप्रसाद पन्थीहरुले भने–‘ तपाईहरु विज्ञापन खोज्न त कार्यालायहरुमा निकै धाउनु हुन्छ तर यहि नजिकै सदरमुकाममा हामीले यस्तो जोखिम मोलेर वसेको हेर्न आउनु भा’को छ । अझ तपाईहरु दुर–दराज गाउँका जनताको समस्या उठाउन जानु होला ? ’

उनिहरुले यसरी सवै पक्षलाई ब्याङ्ग गरे कै जवाफदेहिता शुन्य ठानेरै होला । त्यस जोखिममा परेको टोलमा पुगेर तयार पारेको रिर्पोटरको यो डायरीले  पढ्न साथ उडेरै पुगेर माटोको त्यो पाहड पर्खालले  छेक्ने  हुन कि वा उनिहरु कै वैज्ञानिक प्रविधि–प्लाष्टीकले  छेक्ने हुन ? त्यो भने हेर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की