२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिरो रोक्न गरिएका काम प्रभावकारी

२०७५, १६ असार शनिबार ०६:२७

असार १६, चितवन | नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्नका लागि गरिएका काम प्रभावकारी देखिएका छन् । 

सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिममा रहेका ठाउँमा पहिरो रोक्नका लागि चैत अन्तिम सातादेखि काम थालिएको थियो । जुन ठाउँमा काम गरिएका छन् ती ठाउँमा हालसम्म पहिरो खसेको छैन । 

पहिरो रोक्नका लागि दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक नेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायोइञ्जिनियरिङ लगायतका काम अन्तिम चरणमा पुर्याइएको छ । 

नारायणगढ–मुग्लिन सडकको परामर्शदाता कम्पनीका सहायक आवासीय इन्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार सडकका २५ स्थानमा पहिरो रोक्ने काम थालिएकामा अब तीन ठाउँमा मात्र बाँकी रहेको छ । बाइस स्थानमा काम सम्पन्न भएको उहाँले बताउनुभयो । 

घिमिरेका अनुसार काम सम्पन भएका ठाउँमा पहिरो खसेको छैन । कालीखोला, टोपेखोला र मुग्लिन नजिकैको भागमा काम भइरहेको छ । समग्रमा ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । 

न्यू टेक्निकल हाई हिमालय हिम सगरमाथाले आँपटारीदेखि चोरखोलासम्म र चोरखोलादेखि मुग्लिनसम्म न्यू टेक्निकल हाई हिमालयले रु १४ करोडमा पहिरो रोक्ने कामको ठेक्का लिएको थियो । ठेक्काभित्र सो सडकको भालुढुङ्गाको पहिरो रोक्ने काम परेको भए पनि पछि यो प्रविधिबाट सम्भव नदेखिएपछि सो ठाउँ घटाइएको थियो । 

हाल पहिरो खसिरहेको चार किलो र नजिकैको टोपेखोललाई पनि यो ठेक्काभित्र पारिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले पहिरो रोक्न काम गरिएका ठाउँमा पहिरो नखसेको बताउनुभयो । 

एक ठाउँमा केहीमाथिबाट पहिरो खसेको भए पनि संरचना निर्माण गरिएका ठाउँमा पहिरो नखसेको बताउनुभयो । हाल पहिरो खसिरहेका मुख्य दुई ठाउँमा खुकुलो माटो बगिरहेकाले यो ठेक्काभित्र नपारिएको उहाँले बताउनुभयो । 

सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्र्यान खस्न सक्ने उच्च जोखिम देखिएपछि पहिरो रोक्न ठेक्काको काम दिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर