५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिरो रोक्न गरिएका काम प्रभावकारी

१६ असार २०७५, शनिबार ०६:२७

असार १६, चितवन | नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्नका लागि गरिएका काम प्रभावकारी देखिएका छन् । 

सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिममा रहेका ठाउँमा पहिरो रोक्नका लागि चैत अन्तिम सातादेखि काम थालिएको थियो । जुन ठाउँमा काम गरिएका छन् ती ठाउँमा हालसम्म पहिरो खसेको छैन । 

पहिरो रोक्नका लागि दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक नेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायोइञ्जिनियरिङ लगायतका काम अन्तिम चरणमा पुर्याइएको छ । 

नारायणगढ–मुग्लिन सडकको परामर्शदाता कम्पनीका सहायक आवासीय इन्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार सडकका २५ स्थानमा पहिरो रोक्ने काम थालिएकामा अब तीन ठाउँमा मात्र बाँकी रहेको छ । बाइस स्थानमा काम सम्पन्न भएको उहाँले बताउनुभयो । 

घिमिरेका अनुसार काम सम्पन भएका ठाउँमा पहिरो खसेको छैन । कालीखोला, टोपेखोला र मुग्लिन नजिकैको भागमा काम भइरहेको छ । समग्रमा ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । 

न्यू टेक्निकल हाई हिमालय हिम सगरमाथाले आँपटारीदेखि चोरखोलासम्म र चोरखोलादेखि मुग्लिनसम्म न्यू टेक्निकल हाई हिमालयले रु १४ करोडमा पहिरो रोक्ने कामको ठेक्का लिएको थियो । ठेक्काभित्र सो सडकको भालुढुङ्गाको पहिरो रोक्ने काम परेको भए पनि पछि यो प्रविधिबाट सम्भव नदेखिएपछि सो ठाउँ घटाइएको थियो । 

हाल पहिरो खसिरहेको चार किलो र नजिकैको टोपेखोललाई पनि यो ठेक्काभित्र पारिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले पहिरो रोक्न काम गरिएका ठाउँमा पहिरो नखसेको बताउनुभयो । 

एक ठाउँमा केहीमाथिबाट पहिरो खसेको भए पनि संरचना निर्माण गरिएका ठाउँमा पहिरो नखसेको बताउनुभयो । हाल पहिरो खसिरहेका मुख्य दुई ठाउँमा खुकुलो माटो बगिरहेकाले यो ठेक्काभित्र नपारिएको उहाँले बताउनुभयो । 

सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्र्यान खस्न सक्ने उच्च जोखिम देखिएपछि पहिरो रोक्न ठेक्काको काम दिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता