२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अव गुल्मेलीलाई गाडीमा ६ कि.मि. कम, मदनभण्डारी लोकमार्गलाई ४ अर्व

२०७५, २१ असार बिहीबार १३:३९

प्रेम सुनार | असार २१, गुल्मी | पाल्पाको वतासेडाँडाको बाटो गुल्मी जिल्लाका वासीन्दाहरुका लागि ऐतिहाँसिक बाटो थियो । विक्रम सम्वत ४०  को दशक सम्म वुटवल  पोखरा तर्फबाट आउने जाने गुल्मेलीहरु ब्बतासे डाँडाको पैदलबाट हिड्थे ।

त्यहाँ देखि तल जोर्ते सम्मका  होटलहरुमा चिया नास्ता र खाना खान्थे । त्यस क्रममा त्यहाँका ब्यवसायीहरु  गुल्मेलीहरु  विच  निकै घुलमेल थियो ।  पाल्पा तानेसेन सडक खुले पनि उनिहरु र गुल्मेलीहरुको साईनो टुटेको थियो । 

त्यही ऐतिहाँसक बाटो, भावनात्मक सम्वन्ध जोड्ने प्रयास स्वरुप वतासे डाँडा हुँदै कालिगण्डकी कोरिडोर जोड्ने कार्य धमाधम सुरु भएको गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य तथा परराष्ट मन्त्री प्रदिपकुमार ज्ञवालीका स्वकिय सचिव जंग नेपालीले जानकारी दिए ।  

उनले भने–‘ मन्त्री ज्युले त्यस ऐतिहाँसिक वाटोलाई अहिलेको सुविधा संग जोड्दै हिजोको त्यस भेगको भावनात्मक सम्वन्ध पुनःस्थापित गर्ने प्रयास स्वरुप यति वेला वतासेडाँडाबाट फराकिलो सडक निर्माण कार्य धमाधम भई रहेको छ । अव त्यो छिट्टै सम्पन्न गरी  हाडथोकको लामो दुरीको सट्टा वतासेडाँडाबाट ६ किलो मिटर कम दुरीको  यातायात आवत जावत सुचारु हुने छ । मन्त्री ज्ञवालीद्धारा शिद्धवावा सडक खण्डको जोखिम अन्त्यका लागि बैकल्पीक मार्ग खोल्ने पहल समेत भई रहेको उनले जानकारी दिए । 

बैकुण्ठबहादुर चन्द झण्डै कुटिएका थिएनन

तानेसेन तम्घास सडक खोल्नमा तत्ताकालिन राष्ट्रिय पञ्चायत सदय बैकुण्ठबहादुर चन्दले अगुवाई गरेका थिए । उनि आफै पनि जनता संगै कोदालो र गैची चलाएर उक्त सडक खोलेका थिए । उनले बतासे डाँडाबाटै खन्न सुरु गरेपछि झण्डै पाल्पालीहरुबाट कुटिनु परेको थिएन  ।

तानसेनको ब्यापार घट्छ भनेर तम्घास बाटो नखोल्ने उनलाई धम्की मात्र आएन ठुलो आर्थिक प्रलोभन देखाईएको चन्द बताउँ छन् । अहिले बुढ्यौलीमा  आफ्नो गाउँ  अग्लुङ्गको पुरानै घरमा बसेका चन्दले भने–‘ कस्सो मारेका थिएनन । उनिहरुले दिन खोजेको पैसाको विटाका पछाडी म लागेको भए अहिले शहरमा चार पाँच वटा पक्की घर भई सक्ने थिए । तर त्यस्तो लोभ लालचमा नलागी जनता संगै आठो पिठो खाँदै र खन्दै तम्घास तानसेन बाटो खोलेको हुँ । ’

 संयोग उनले खोलेको त्यस मोटरबाटोमा प्रदिप ज्ञवााली सांसद भए पछि पिच गरियो भने अहिले उनैले चाहेको बतासेडाडाँबाट उनै ज्ञवालीले बाटो खेलेर उनको र आम गुल्मेलीको सपना पुरा गर्ने भएका छ ।

मदन भण्डारी लोक मार्गलाई ४ अर्व पर्यो 

त्यस्तै पुर्वी झापा देखि  गुल्मी हुँदै सुदुर पश्चिम जोड्ने मदन भण्डारी लोकमार्ग निर्माणका लागि पनि यस आर्थिक वर्षमा सरकारले करिव ४ अर्व विनियोजन गरेको मन्त्री ज्ञवालीका स्वकिय सचिव नेपाली बताए । यस सडकले गुल्मीको भविश्य थप उज्वल बनाउने मन्त्री ज्ञवालीको ठम्माई रहेको उनको भनाई छ ।

अहिले ग्रावलिङ्ग सम्पन्न भएको रुद्रेवणी वामटक्सार सडकमा गत आर्थिक वर्षमा २६ करोडको काम भएको र अव त्यस सडक पिचका लागि प्रकृया अगाडी बढाईको जानकारी समेत उनले दिए । त्यस्तै गृह जिल्लाका अन्य स्थानको विकास निर्माण पनि अगाडी बढाईएको  नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु