२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणघाटको प्रगति पथमा एक्वेरीयम हाउस

२०७५, २४ असार आईतवार ०४:०२

असार २४, चितवन | नारायणगढको प्रगति पथमा भिन्न किसिमको एक्वेरीयम हाउस सञ्चालनमा आएको छ । 

वीरगञ्जका व्यवसायी मुस्तफा आलमले यहाँका व्यवसायीसँग सहकार्य गरी नेपाल एक्वेरीयमका नाममा शनिबारबाट एक्वेरीयम हाउस सञ्चालनमा ल्याउनुभएको हो । 

आलमका अनुसार विभिन्न रंग र प्रजातिका माछा, माछाको दाना, औषधि, एक्वेरीयम र सजावटका सामान त्यहाँबाट बिक्री वितरण थालिएको छ । डिजिटल एक्वेरीयम चीन र थाइल्याण्डबाट एवं सामान्य खालको एक्वेरीयम यहीँ निर्माण गरिने उहाँले बताउनुभयो । माछा भारतको कोलकत्ता र थाइल्याण्डबाट ल्याइएको उहाँले जानकारी दिनुभयो । 

नेपालमा हाल सञ्चालनमा रहेका एक्वेरीयम हाउसभन्दा उच्च किसिमको र तुलनात्मक हिसाबले सस्तोमा सामग्री वितरण थालिएको आलमको दाबी छ । 

उहाँका अनुसार रु १० हजारदेखि दुई लाखसम्मका एक्वेरीयम बिक्रीका लागि राखिएको छ । एक्वेरीयम हाउसको शनिबार युवा नेता कैलाश कोइरालाले उद्घाटन गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर