२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कंचनपुरमा सडक निर्माणले पर्यटकीय क्षेत्रको यात्रा सहज हुँदै

२०७५, २५ असार सोमबार ०३:१४

असार २५, कञ्चनपुर | सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज हुने भएको छ । 

नगरपालिकाको मटेनादेखि सुगरखालीसम्म कालोपत्रे सडक निर्माणको कार्य अघि बढेको छ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले मटेनादेखि सुगरखालीसम्मको पाँच किलोमिटर सडक निर्माण कार्य ठेक्काबाट गराउन लागेको छ । 

भागेश्वर कन्स्ट्रक्सनले १८ महिनामा निर्माण कार्य पूरा गर्ने गरी रु सात करोडमा ठेक्का सम्झौता गरेको छ । सडकको ट्रयाक खोल्ने कार्य सकिएको छ । 

झिलमिला ताललाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखेर शुरु गरिएको सडक निर्माण कार्यलाई ताराकोटसम्म पु¥याइने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ, सडक निर्माणले यो क्षेत्रको पर्यटकीय विकास हुन्छ, अहिले सहरी विकास कार्यक्रमअन्तर्गत सुगरखालीसम्म पाँच किलोमिटर पक्की हुन्छ, त्यसपछि दोस्रो चरणमा ताराकोटसम्म सडक कालोपत्रे गर्छौं ।” 

मटेला झिलमिला सडकको ताराकोटसम्म गाडीबाट पुग्न सकिने र ताराकोटबाट तालसम्म पुग्न नौ सिँढी बनाइने छन् । ताराकोटबाट तालसम्मको दूरी झण्डै ९०० मिटर छ । 

दैनिक तीन पटक रंग फेरिने तालको पानी, वर्षौंदेखि एकै आकारका माछा र जंगलको बीचमा भएर पनि एउटा पात पनि तालमा नदेखिनुको तालका विशेषता हुन् । तालको विशिष्ट विशेषता नियाल्नका लागि पर्यटक यहाँसम्म पुग्ने गरेका छन् । 

विसं २०५७ मा तत्कालीन जिल्ला विकास समितिले झिलमिला तालसम्म सडक खनेकोे थियो । सशस्त्र द्वन्द्वका कारण सवारीसाधन सञ्चालन हुन नसकेपछि प्रयोगमा नआएर पुरिएको थियो । 

भीमदत्त नगरपालिका–९ का अध्यक्ष राम नाथले झिलमिला सडकले झिलमिलाको धार्मिक पर्यटन विकास हुने र यसबाट मटेनासहित जिल्लालाई फाइदा हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग