२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छायाँनाथ रारा नगरपालीकाको आर्थिक बर्ष ०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत

२०७५, २७ असार बुधबार १६:३९

नन्द बहादुर रोकाया | असार २७, मुगु | मुगु जिल्लाको छायाँनाथ रारा नगरपालीकाले आगामी आर्थिक २०७५ र ७६ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेको छ । छायाँनाथ रारा नगरपालीका नगर प्रमुख हरि जगं शाहिले छायाँनाथ रारा नगरपालीकाको आर्थिक २०७५ र ७६ को नीति तथा कार्यक्रम  तेस्रो नगर सभामा प्रस्तुत गरेका हुन् । 


छायाँनाथ रारा नगरपालीका लाई  आर्थिक रुपले सम्पन्न, भौतिक रुपले शहरी सुविधायुक्त, राजनैतिक हिसावले समाबेशि सहभागीता, वाताबरणिय रुपले स्वस्च्छ,  सफा तथा ब्याबस्थापकिय रुपले सुव्यवस्थित  नगरको रुपमा बिकास गर्ने  लक्ष्य लिएको छ । नगरपालीकाले  नगरका १४ वटै वडामा सडक संजाल जोडी गाउँ  नगर लाई एक आपसमा जोड्ने ,एक गाउँ एक आर सि सी सडक  एक बस्ती एक ग्राभेल सडक तथा सडक गुरु योजना निमार्ण , गमगढी चक्रपद  संगै गमगढी बजारमा तथालिगं रहेका  टेलिफोन तार विधुतका तार खानेपानीका पाईप  ब्यबस्थित गर्ने बताईएको छ ।


एक बर्ष भित्र  उज्यालो घर, राम्रो नगर बनाउने र  २१ शताब्दीमा पनी अध्यारोमा बस्न बाध्य भएहका  समुदायका लागी सोलार जडान गरीने  र उज्यालो बजारका रुपमा रुपान्तरित गर्न बजार क्षेत्रमा सोलार बत्तीको ब्याबस्था गर्ने नगर प्रमुख शाहीले बताए । नगरपालीकाले कक्षा ५,८ एस ई ई र १२ कक्षाको बोर्ड परिक्षमा उत्कष्ट नतिजा प्राप्त गर्ने बिद्यालयमा उपल्बधिको आधारमा बिशेष अनुदानको ब्याबस्था गरिने । ईसिडी केन्द्रको पुवधार बिकास , बालमैत्री विद्यालय कार्यक्रम सञ्चालन, साक्षर नगर हाम्रो गौरव कार्यक्रम , बिद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षक शिक्षिका लाई तालीमा, शिक्षक हरुको आचार सहिता निमार्ण गरी शिक्षक शिक्षिका लाई राजनैतिक प्रति होईन अध्यापन प्रति केन्द्रीत हुने बताबरणको ब्याबस्था गरिने छ । विपन्न तथा गरिब परिवारका उत्कृष्ट  बिद्यार्थी लाई उच्च शिक्षका लागी अध्यन गर्ने बिद्यार्थी लाई सहयोग गर्ने निति लिएको छ  ।


यसै बिच शारीरिक मानसिक सामाजिक रुपमा स्वस्थ जन, छायाँनाथ राराको  धन भन्ने नाराका  लाई साहाकार पार्न प्रथामिक स्वास्थ्य केन्द्र स्यास्थ्य चौकि तथा आयुर्वेद औषधालयको भौतिक अबस्था सुधार र स्रोत  साधनमा वृद्धि गरीने छ  । कृषि उत्पादन वृद्धि गर्न खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेती योग्य जमिनको समूचित प्रयोगको नीति लिएको छ । दुध फुल माछ मासु उत्पादनमा आत्मनिर्भर, कृषि वस्तुको उत्पादनलाई प्राथमिकतामा नगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पहाड नगरपालीकाले पर्यटन क्षेत्रको बिकास का लागी ५ वर्ष्भित्र  रारा , छायाँनाथ, थापर्, चंखेली क्रृणमोक्ष, मा पर्यटन सख्यामा दोब्बर बनाउने  निति लिईएको छ  ।


पर्यटक आउने मार्गको बिस्तारगर्ने पर्यटन क्षेत्रको बिकास का लागी रारा अभियान लगायत कार्यक्रम गरी गरीने जनाईएको छ  यसै बिच नगर पालीको समृद्धिका लागी रोजगारी  तथा गरिबि निवारण, महिला शसक्तिकरण  खानेपानी तथा सरसफाई सामाजिक बिकास  बातबरण तथा विपत ब्याबस्थापन सुशासन  बस्ती बिकास  का कार्यक्रम लाई प्रथामिकता दिई कार्यन्वयनमा ल्याईने छायाँनाथ रारा नगरपालीकाले जनाएको छ बेरोजगार बर्ग लाई स्वरोजगार बनाउन मेयर रोजगार कार्यक्रम तथा खेल क्षेत्रको बिकास गर्न मेयर कपको कार्यक्रम गरीने नगरपालीकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ