२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धुर्कोटमा एक घर एक धारा अभियान सुरु

२९ असार २०७५, शुक्रबार ०२:५२

धुर्कोटमा एक घर एक धारा अभियान सुरु 

प्रेम सुनार | असार २९, बुटवल | गुल्मीको धुर्कोट गाउँपालिकाले  एक घर एक धारा अभियान   सुरु गरेको छ ।  उसले वडा नम्वर ६ धुर्कोट रजस्थल स्थित कमेरपानीका सवै घरधुरीमा एक घर एक धारा पुरा गरी सकेको छ  । 

गाउँपालिकाको आर्थिक सहयोग तथा ‘कमेरपानी खानेपानी उपभोक्ता समितिको निर्माणमा टोलमा भएका सबै घरमा धारा पुगेको हो । गाउँपालिकाको सात लाख सहयोगमा दुई महिनामै टोलका २६ घरमा धारा पुगेको छ । धाराको बिहिबार उद्घाटन समेत गरिएको छ । घरमै धारा आउनुभन्दा अगाडी स्थानिय टोलमा भएको धारोमा पानी भर्न जाने गर्दथे ।

हिँउदको समयमा धारामा पानी नआउँदा आधा घण्टाको बाटो हिडेर कनियाँरुखको मुहानमा पुग्नुपर्ने बाध्यता थियो । तर घरमै धारा आएपछि स्थानियलाई गाग्री बोकेर खोला–पधेँरा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

‘घरको सबै काम छोडेर बिहानको समय पानी बोक्न जानुपथ्र्यो, जसले गर्दा समयमा खानु समेत थिएन ।’ स्थानिय तुल्सी थापाले भनिन्, ‘घरमै पानी आएपछि समयको बचत भएको छ ।’

त्यस्तै स्थानिय शान्ता भण्डारीले पनि घरमै पानी आएपछि पानी बोक्ने समयमा अरु काम गर्न पाइने भन्दै खुसि ब्यक्त गरिन् । ‘पानी बोक्ने समयमा घाँस–दाउरा तथा मेलापात गर्न पाइने भएको छ ।’ उनले भनिन्, ‘घरमै धारा जडान भई पानी आउला भनेर सोचेकै थिइन ।’

आयआर्जन बढाउनुपर्ने

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका प्रमुख भुपाल पोखरेलले सिँचाई गर्न पुग्ने गरी  घरमै पानी आएपछि तरकारी तथा अन्य नगदेबालि लगाई जिवनस्तर उकास्न आग्रह गरे ।

‘कृषि र कृषिजन्य वस्तुहरुको उत्पादन गरी  आयआर्जन बढाउने तर्फ लाग्नुस् ।’ उनले भने, ‘आवश्यक सहयोग गाउँपालिकाले गर्छ ।’ त्यसका साथै गाउँमा आएका सबै योजनाहरुको कार्यान्वयन गर्दै नमुना गाउँपालिका निर्माणमा जुट्न समेत सबैलाई आग्रह गरे ।

अबको चार बर्षमा गाउँपालिकाका सबै घरमा धारा

त्यस्तै विशेष अतिथि गाँउपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले अबको चार बर्षमा गाउँपालिकाका सबै घरमा धारा पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए ।

‘निर्वाचनमा गरेको प्रतिवद्धताअनुसार अन्य विकासका कामसँगै एक घर–एक धारालाई पनि तिब्रता दिएका छौ ।’ उनले भने, ‘स्वच्छ पानी पिउन पाउने नागरिकको अधिकारलाई गाउँपालिकाले सुनिश्चि गर्छ ।’


हालसम्म एक सय ४२ घरमा धारा

धुर्कोट गाउँपालिकामा हालसम्म एक सय ४२ घरमा खानेपानीको धारा पुगेको छ । वडा नम्बर ४ जैसिथोकमा ‘जैसिथोक लिफ्ङि खानेपानी आयोजना’मार्फत ९३ घरमा धारा जडान गरिएको छ ।

त्यस्तै वडा नम्बर ६ रजस्थलको चौरमा २३ र कमेरपानीका २६ घरमा पनि स्वच्छ पिउने पानीको धारा जडान गरिएको गाउँपालिकाका प्रवक्ता कविता विकले जानकारी दिइन् । गाउँपालिकाले आर्थिक बर्ष ०७५/७६ मा खानेपानीको लागि एक करोड ५० लाख विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु