५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ७ मा प्रदेशको आकस्मिक कोष सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत

२९ असार २०७५, शुक्रबार १२:०३

सन्तोष रोकाया । असार २९,कैलाली । प्रदेश सातको मन्त्रिपरिषद् बैठकले प्रदेशको आकस्मिक कोष सञ्चालन सम्बन्धी कार्यविधिलाई स्वीकृती प्रदान गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको १६ औं मन्त्रिपरिषद् बैठकले कार्यविधिलाई स्वीकृति प्रदान गरेको हो। प्रदेशसभाले यसअघि नै प्रदेश आकस्मिक कोष पारित गरिसकेको छ ।


आकस्मिक कोषलाई पूर्णता दिन कार्यविधि बनाइएको हो। 

मन्त्रिपरिषद बैठकले कार्यविधि स्वीकृत गरेपछि प्राकृतिक र गैरप्राकृतिक संकटमा राहत र उद्धारमा सहज हुने अपेक्षा गरिएको छ। मन्त्रिपरिषद् बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले मापदण्ड बनाएर आमस्मिक कोषको प्रयोग गर्ने बताए।

उनले भने, ‘अहिले बाढी पहिरोको संकट आइरहेको छ, त्यसमा राहत र उद्धारको लागि हामीले कोष परित गरेर कार्यविधिलाई समेत स्वीकृत गरेका छौँ, अब कार्यविधिभित्र रहेर मापदण्ड बनाउछौँ।' 

चालु आर्थिक वर्ष ०७४÷०७५ मा कोषका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बिनयोजन समेत गरेको छ। मनसुन सक्रिय भएसँगै हुन सक्ने विपतमा राहत र उद्धारका लागि कोष तयार गरिएको हो। प्रदेश आकस्मिक कोषको खाता नेपाल राष्ट्र बैंकमा रहने, प्रदेश लेखा नियन्त्रक र कोष व्यवस्थापन शाखा प्रमुखको हस्ताक्षरमा खाता सञ्चालन हुने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले बताए।

  विपत जोखिम न्यूनीकरण व्यवस्थापन ऐन २०७४ अन्तर्गत प्रदेशस्तरीय विपत व्यवस्थापन समितिसमेत गठन गरिएको छ। केन्द्र सरकारले यससम्बन्धी नियमावली निर्माणमा ढिलाइ गर्दा प्रदेश नम्बर सातमा अध्यक्ष मुख्यमन्त्री त्रिलोचन भट्टबाहेक अन्य पद रिक्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता