2026-09-08 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट पास

असार २९, हेटौडा | हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका आजको नगरसभाले बजेट पास गरेको छ । आज बिहान उपमहानगरपालिकाको हलमा बसेको नगरसभा बैठकले बजेट पास गरेको छ । बजेट पास गरेसंगै अब साउन १ गतेदेखि राजस्व संकलन गर्न र बजेट खर्च गर्नका लागि बाटो खुलेको छ । 

आउँदो आर्थिक बर्षका लागि १ अर्ब ६३ करोड ४ लाख ५७ हजार बजेट आज पास गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । नगरसभामा असार १० गते पेस गरेको बजेटनै आज पास गरिएको हो । कूल बजेट मध्ये कार्यालय सञ्चालन तथा प्रसासनिक खर्च तर्फ १६ करोड ५९ लाख ६४ हजार पास गरिएको छ । अर्थात कूल बजेटको दश दशमलब १८ प्रतिशत प्रसासनिक खर्च तर्फ विनियोजन पास गरिएको छ । उपमहानगरपालिकाले पूँजिगत तर्फ बिनियोजन पास गर्दा गत नगर सभाबाट स्विकृत गरेको रणनीतिक, नगरस्तरीय ठूला पूर्बाधार र नगरस्तरीय क्षेत्रगत आयोजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको मेयर महतले बताउनुभयो । 

नगरका सम्पूर्ण वडाहरुलाई भूगोल, जनसंख्या, गरिवीको अवस्था र पूर्बाधार संरचनाको वर्तमान अवस्था समेतको आधारमा क र ख वर्गमा बिभाजन गरी वडास्तरीय आयोजना तथा कार्यक्रमहरुका लागि मात्र २० करोड ५० लाख बिनियोजन पास गरिएको छ । क्षेत्रगत रुपमा आर्थिक बिकास तर्फ (कृषि, पशु, उद्योग वाणिज्य, पर्यटन, सहकारी र बित्तीय क्षेत्र) कूल २ करोड ६४ लाख रुपैयाँ बिनियोजन गरिएको छ । सामाजिक बिकास क्षेत्र अर्न्तर्गत (शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, खाद्य परिक्षण प्रयोगशाला, सँस्कृति प्रबर्धन, खेलकुद तथा मनोरन्जन र लैङ्गिक समानता र सामाजिक समावेसीकरण) कूल ६९ करोड १७ लाख बिनियोजन गरिएको उपमहानगरपालिकाका उपमेयर मिना लामाले बताउनुभयो । पूर्बाधार बिकास क्षेत्र तर्फ (स्थानीय सडक, पुल तथा झोलुङ्गेपुल, सिचाई, भवन तथा शहरी बिकास, सडकबत्ती, उर्जा, खानेपानी पुर्बाधार तथा वडागत आयोजनाहरु समेत) कूल ३७ करोड ८ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यसै गरी वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ ७ करोड ३१ लाख बिनियोजन गरिएको छ । यसै गरी संस्थागत बिकास, सेवा प्रवाह र शुसासन क्षेत्र तर्फ कूल २ करोड १६ लाख बिनियोजन गरिएको उहाँले बताउनुभयो ।

सवै वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गर्ने उद्देश्यका साथ हेटौंडा वडा नंम्बर १२ को भवन निर्माणको प्रक्रिया सुरु भैसकेको छ । बाँकी वडाहरुको भवन निर्माण तथा मर्मतका लागि आगामी आबका लागि बर्ष ५० लाख रुपैयाँ  छुट्याइएको छ । भारि मेसिन र औजार, निर्माण सम्बन्धि मेसिन, ट्रीपर, ट्रयाक्टर, जिप, मोटरसाइकल, कार्यालय साधन तर्फ २ करोड ७५ लाख बजेट अनुमान गरिएको छ । आगामी २ बर्ष्भित्र दिर्घकालिन प्रभाव दिने खालका नगरस्तरीय गौरबका आयोजनाहरु सञ्चालन गर्न विनियोजन गरिएको छ । त्यस्ता आयोजनाहरुको विस्तृत सम्भाव्यता अध्ययन सहित परियोजना निर्माणका लागि १ करोड विनियोजन प्रस्ताव गरिएको छ । गत आ.व.मा संचालित क्रमागत आयोजना तथा कार्यक्रमहरुको दायित्व भुक्तानीका लागि ८ करोड, नेपाल सरकारका अन्य निकायहरुबाट कार्यान्वयनमा आउन सक्ने आयोजना तथा कार्यक्रमहरुका लागि समपूरक कोष तर्फ १ करोड, सडकवोर्ड नेपालबाट शहरी सडक मर्मत शीर्षकमा प्राप्त हुने अनुदान तथा अन्य मर्मत सम्भार कार्यका लागि मर्मत सम्भार कोष तर्फ १ करोड ५० लाख, आकस्मिक तथा भैपरी आउने खर्चका लागि १ करोड, नगरस्तरीय बिपद व्यवस्थापन कोष तर्फ १ करोड बिनियोजन पास गरिएको उहाँले नगरसभामा जानकारी गराउनुभयो ।   

आगामी आबमा वडास्तरीय आयोजना तथा कार्यक्रमहरु, बिषयगत कार्यालय तथा शाखाहरु मार्फत संचालन गरिने कार्यक्रमहरुका अतिरिक्त नगरस्तरीय ठूला बिकास पूर्बाधार कार्यक्रम अर्न्तर्गत कर्भडहल निर्माण कार्य पूरा गरिन बताइएको छ । यसै गरी सडक मर्मत सम्भार अर्न्तर्गत नगरक्षेत्रका बिभिन्न सडक खण्डको मर्मत सुधारका कार्यक्रमहरु संचालनमा ल्याउने पास गरिएको छ । साथै बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले खाद्य परीक्षण प्रयोगशालाको निर्माण तथा सञ्चालनका लागि बजेट विनियोजन पास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग