२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

२०७५, ३२ असार सोमबार ११:३४

असार ३२, ललितपुर | ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । 

महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गर्नुभयो । 

महानगरपालिकाको चालू प्रशासनिक खर्च रु एक अर्ब छ करोड ५० लाख अनुमान गरिएको छ । व्ययतर्फ चालू सामाजिक सुरक्षा भत्ता रु ३० करोड र पूँजीगत कार्यक्रम खर्च रु दुई अर्ब ४० करोड आठ लाख ३७ हजार अनुमान गरिएको छ । 

वैदेशिक अनुदान कार्यक्रममार्फत रु ८२ करोड १४ लाख ५० हजार र सडक बोर्डमार्फत रु दुई करोड खर्च हुने अनुमान गरिएको छ । 

आगामी आवको प्रस्तावित आयमा रु ९२ करोड ७८ लाख (२० प्रतिशत) संघीय सरकार र प्रदेश सरकारबाट अनुमानित आय विनियोजन गरिएको छ । 

आन्तरिक स्रोतबाट रु एक अर्ब ७७ करोड ५४ लाख र वैदेशिक अनुदानतर्फ रु ८२ करोड १४ लाख ५० हजार अनुमान गरिएको छ । सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता, राजश्व बाँडफाँड, मौज्दात रकम र अन्य विविध आय महानगरपालिकाले अनुमान गरेर बजेट विनियोजन गरेको हो । 

प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले विकासले गति लिन नसक्दा जनतामा निराशा हुन सक्ने बताउनुभयो । 

प्रदेशसभा सांसद माधव पौडेलले आकर्षक नारा र कार्यक्रम सफल हुने वा नहुने भन्ने त्यसका लागि कति बजेट छुट्याएको छ भन्नेमा निर्भर हुने बताउनुभयो । 

बजेट सार्वजनिक गर्दै महर्जनले पहिलो एक वर्ष महानगरलाई समृद्ध, सुशासित र सुविधायुक्त बनाउन लागिपरेको बताउनुभयो । प्रदेशको कानून निर्माणमा भइरहेको ढिलाइले आवश्यक कानून निर्माणको बाटो नखुलेको उहाँले बताउनुभयो । 

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले महानगरपालिकाका कार्यक्रम २९ वटै वडामा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यी सबै वडाले महसुस गर्ने गरी विकास गर्नु अहिलेको आवश्यकता हो ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते