साउन २, काठमाडौँ | काठमाडौँको धापासीमा ठडिएको १८ तले 'पार्क भ्यू होराइजन अपार्टमेन्ट' कुन बेला कता ढल्ला झैं लाग्छ ।

कार्यालय र आवास गृहका लागि बनाइएको यो व्यावसायिक भवन ढलेमा नजिकका धेरै घरलाई क्षति पुर्याउने गम्भीर खतरा छ । पहिलो पटकको भूकम्पमा बढी क्षति पुगेको सो भवन दोस्रो पटकको भूकम्पमा पुनः भत्किन पुग्दा अहिले प्राङ्गण आसपासमा जान डरलाग्दो भएको छ । एक स्थानीयका अनुसार भवन भित्र अहिले जाँदा पनि तर्साउने बताउँछन् | उनि भन्छन 'बाहिरबाट यसरी ठडिएको देखिन्छ भित्र गयो भने अहिले पनि भूकम्पले हल्लिएर धुजा-धुजा भएका सिमेन्ट र इट्टाहरु खसेर तर्साउँछ । अपार्टमेन्टले पश्चिमतर्फका अधिकांश स्थानीयहरुलाई दिनरातै डरनै डरमा बाच्न बाध्य बनाएको छ । स्थानीय भन्छन – 'संधै हेरिन्छ, आफैतिर ढल्कँदै आएको जस्तो लाग्छ, दिन-रात डराएर बस्न बाध्य छौँ ।'

कहिले हावाहुरी आउँदा सिमेन्टका टुक्राहरु आसपासका घरमा समेत पुग्छन् । स्थानीय प्राथना गर्दा रहेछन् – 'हे भगवान ठूलो हावा नचलोस् ।' डर अपार्टमेन्ट भत्किन्छ कि भन्ने नै हो । अपार्टमेन्टकै अगाडी घर भएका एक स्थानीयका अनुसार अल्जजिरादेखि देशका ठूला मिडियासम्मले यस अपार्टमेन्टको बिषयमा प्रसारण गर्दा पनि सरकार मौन छ । उनले आक्रोश पोख्दै भने 'सरकार छ र यो देशमा ?' उनको अनुसार यो अपार्टमेन्ट कसरी पास भयो त्यसैमा शंका छ । सामान्यतया अपार्टमेन्टहरू भत्कँदा त्यसका अवशेषहरू त्यसैको कम्पाउण्डभित्र रहनुपर्छ। तर यो अपार्टमेन्टले वरपरको जनजीवनलाई कहालीलाग्दो बनाएकाको छ । एउटा २ तलाको घर बनाउँदा बिभिन्न बहानामा पास गर्न नमान्ने सरकारी निकायहरुले यो अपार्टमेन्ट कसरी पास गरे भन्नेमै स्थानीय सशंकित छन् ।

शहरी विकास तथा भवन निर्माण विभागले यो अपार्टमेन्टमा अति जोखिमपूर्ण जनाउने रातो स्टीकर टाँसेको थियो । तर एकाएक यो भवनलाई अहिले बस्न मिल्ने भन्दै हरियो स्टिकर दिएर पुन: निर्माण गर्न सकिने स्वीकृति दिईएको छ । स्थानीयका अनुसार पहिलो कुरा त ११ ताला मात्र बनाउने भनेर ढाटियो तर १८ तले बनाएर आफैमा अपार्टमेन्ट निकै खतरापूर्ण बनाइयो, भूकम्पले अपार्टमेन्टको ७०% भाग चर्किएपछि अब बनाउने कि भत्काउने बिबाद जारी छ ।

आधा भन्दा बढी अपार्टमेन्ट बिकिसकेको अवस्थामा भूकम्प गएपछि बिबाद चुलिएको बताइएको छ । अपार्टमेन्ट किन्नेहरुलाई पुन: बस्न मिल्ने बनाएर हस्तान्तरण गर्ने पक्षमा कम्पनी छ तर पहिले बस्नै नमिल्ने भन्दै रातो स्टिकर टासिएको अपार्टमेन्टमा बस्न मान्दैनन् किन्नेहरु । यहिनै मुख्य बिबादको बिषय रहेको बुझिएको छ ।