2026-09-08 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ छायाँनाथ रारा नगरपालिकाको आव ७५/७६ को बजेट

नन्द बहादुर रोकाया | साउन १५, मुगु | छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिकबर्ष २०७५।७६ को बजेट सार्व्जिनक गरेको छ । आज एक औपचारी कार्यक्रम गरी नगरपालिका प्रमुख हरि जगं शाहीले तेस्रो नगर सभामा बजेट सार्वजनिक गरेका हुन् । 

छायाँनाथ रारा नगरपालीकाले आर्थिक वर्ष ०७५र०७६ को लागी ४७ करोड ४२ लाख ६० हजार ५ सय ७०  बजेट सार्वजनिक गरीएको हो । नगरपालिकालाई आर्थिक रुपले सम्पन्न, भौतिक रुपले शहरी सुविधायुक्त, राजनैतिक हिसावले समाबेशी सहभागीता , वाताबरणिय रुपले स्वस्च्छ, सफा तथा ब्यावस्थापकिय रुपले सुव्यवस्थित नगरको रुपमा बिकास गर्ने लक्ष्य का साथ बजेट सार्वजनिक गरीएको नगुप्रमुख शाहीले बताए ।

आर्थिक बिकास

छायाँनाथ रारा नगरपालीकाको कृषि उत्पादन वृद्धि गर्ने खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेती योग्य जमिनको समूचित प्रयोगको नीति लिएको छ । दुध फुल माछ मासु उत्पादनमा आत्मनिर्भर, कृषि वस्तुको उत्पादनलाई प्राथमिकतामा नगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालीकाले पर्यटन क्षेत्रको बिकास का लागी ५ वर्ष्िभत्र रारा , छायाँनाथ, थापर्, चंखेली क्रृणमोक्ष, मा पर्यटन सख्यामा दोब्बर बनाउने निति लिईएको छ । पर्यटक आउने मार्गको बिस्तारगर्ने पर्यटन क्षेत्रको बिकास का लागी रारा अभियान लगायत कार्यक्रम गरी गरीने जनाईएको छ । यसै बिच नगरपालीको समृद्धिका लागी रोजगारी तथा गरिबि निवारण जस्ता कार्यक्रम गरीने नितिमा उल्लेख गरीएको छ ,। जस्का लागी नगरपालीकाले आर्थिक बिकास अन्तरगत रोजगारी तथा गरिबी निवारण कार्यक्रमा १ करोड ५० लाख, कृषिमा ३२ लाख , उद्योग तथा वाणिज्यमा ३० लाख ५० हजार पर्यट १ करोड ७४ लाख  सहकारीमा ४० लाख रकम गरी आर्थिक, बिकासको शिर्षकमा जम्मा ४ करोड २६ लाख ५० हजार रकम  विनियोजित गरीएको छ । 

सामाजिक बिकास

छायाँनाथ रारा नगरपालिकाले कक्षा ५, ८, एस ई ई र १२ कक्षाको बोर्ड परिक्षमा उत्कष्ट नतिजा प्राप्त गर्ने बिद्यालयमा उपल्बधिको आधारमा बिशेष अनुदानको ब्याबस्था गर्ने भएको छ । विपन्न तथा गरिब परिवारका उत्कृष्ट बिद्यार्थी लाई उच्च शिक्षका लागी अध्यन गर्ने बिद्यार्थीलाई सहयोग गर्ने निति लिएको छ । शारीरिक मानसिक सामाजिक रुपमा स्वस्थ जन, छायाँनाथ राराको धन भन्ने नाराका लाई साहाकार पार्न प्रथामिक स्वास्थ्य केन्द्र स्यास्थ्य चौकि तथा आयुर्वेद औषधालयको भौतिक अबस्था सुधार र स्रोत साधनमा वृद्धि गरीने छ । महिला शसक्तिकरण खानेपानी तथा सरसफाई सामाजिक बिकास बातबरण तथा विपत ब्याबस्थापन सुशासन बस्ती बिकास का कार्यक्रमलाई प्रथामिकता दिई कार्यन्वयनमा ल्याईने छायाँनाथ रारा नगरपालीकाले जनाएको छ ।बेरोजगार बर्ग लाई स्वरोजगार बनाउन मेयर रोजगार कार्यक्रम तथा खेल क्षेत्रको बिकास गर्न मेयर कपको कार्यक्रम गरीने नगरपालीकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । जस्का लागी सामाजिक बिकास अन्तरगत शिक्षामा १ करोड ३२ लाख ५० हजार,स्वास्थ्यमा १९ लाख ५० हजार, खानेपानी तथा सरसफाईमा ९१ लाख संस्कृति प्रवद्र्धनमा ३३ लाख ४४ हजार  खेलकुद तथा मनोरञ्जन २२ लाख लैगिक समानता तथा सामाजिक समाबेशिकरणमा ६१ लाख रकम गरी जम्मा ३ करोड ५९ लाख ४४ हजार  विनियोजित गरेको छ ।

पुर्वधार बिकास

नगरपालीकाले नगरका १४ वटै वडामा सडक संजाल जोडी गाउँ नगर लाई एक आपसमा जोड्ने ,एक गाउँ एक आर.सि.सी. सडक एक बस्ती एक ग्राभेल सडक तथा सडक गुरु योजना निर्माण, गमगढी चक्रपद संगै सिचाईमा ब्यबस्थित गर्ने नीतिमा उल्लेख छ ।एक बर्ष भित्र उज्यालो घर ,राम्रो नगर बनाउने र २१ शताब्दीमा पनी अध्यारोमा बस्न बाध्य भएहका समुदायका लागी सोलार जडान गरीने र उज्यालो बजारका रुपमा रुपान्तरित गर्न बजार क्षेत्रमा सोलार बत्तीको ब्याबस्था गर्ने नगर २१ औ शताब्दी सञ्चारको दुनियाँ भएको सञ्चारको बिकास गर्ने बताईएको छ । जस्का लागी  स्थानीय सडक,पुल तथा झोलुङ्के पुलका लागी ४ करोड २७ ला २० हजार , सिंचाईमा ४० लाख , भवन तथा सहरी बिकास  ८१ लाख उर्जामा ४ लाख सञ्चारमा ९ लाख रकम गरी जम्मा  ५ करोड ६१ लाख २० हजार  विनियोजित गरीएको छ । यसै बिच वातावरण  तथा विपत ब्याबस्थापनमा ५४ लाख, सस्थागत बिकास सेवा प्रवाह र शुसानमा २ करोड ९ लाख  विनियोजित गरीएको छ भने जम्मा पुंजिगत तर्फ १६ करोड ८५ लाख १४ हजार रकम विनियोजित गरीएको छायाँनाथ रारानगरपालीकाले जनाएको छ । यसै बिच आर्थिक बर्ष २०७५÷७६को चालु तर्फ खर्च ब्यहोरि र्ने स्रोतमा , आन्तरिक आम्दानिक ५० लाख ,नेपाल सरकारको  निशर्त अनुदान  १२ करोड ८३ लाख , नेपाल सरकारको सशर्त अनुदान १८ करोड १२ लाख, नेपाल सरकार  राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ करोड ३३ लाख ५० हजार , कर्णाली प्रदेश सरकारको निशर्त अनुदान ५१ लाख १५ हजार, कर्णाली प्रदे सरकार  राजस्व बाँडफाँटबाट प्राप्त ३ लाख ७३ हजार  तथा अनुमानित बजेट सामाजिक सुरक्षा ५ करोड ३० लाख ८ हजार ४ सय, विभिन्न कार्यक्रम गै स स  १ करोड ४६ लाख १४ हजार १ सय ७० , गत बर्षको अ ल्या २ करोड गरी कुल बजेट  ४७ करोड ८२ लाख ६० हजार ५ सय ७० रकम विनियोजित गरीएको छ ।  गत आर्थिक बर्षको संचित कोष फिर्ता  ६ करोड ९४ लाख ९२ हजार ४सय ४८ रहेको छ । बजेट सार्वजनिक कार्यक्रमा जिल्ला स्थित सरोकारवा निकाय सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख, सबैको सहभागीता थियो  । सहभागी सबैले नगर समृद्धीका लागी छायाँनाथ रारा नगरपालीका ल्याएको बजेटको प्रशंसा गरेका थिय ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ