पढ्न करिब 1 मिनेट लाग्छ

साउन १७, सल्यान | कपुरकोट गाउँपालिकाको भवन निर्माण कार्य सुरु भएको छ । चार करोड १७ लाख ५५ हजार रुपैयाँमा निर्माण हुन लागेको भवनको गाउपालिकाका अध्यक्ष भिम बहादुर सेनले शिलान्याश गरेका छन् ।

भवन शिलान्याश गर्दै उनले भवन निर्माण कम्पनीलाइ निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् । भवन अभावमा अहिले भइरहेको समस्या यो नयाँ भवन निर्माण भएपछि हट्ने विश्वास व्यक्ति गर्दै अध्यक्ष सेनले सेवा प्रवाहमा सहजता हुने उल्लेख गरे ।

गत जेठ २३ गतेदेखि २०७७ सालको जेठ २३ गते सम्मको समयमा भवन निर्माण गरिसक्ने गरि रोयल कन्ट्रक्शन धनगडी २ कैलालीले ठेक्का पाएको छ । यस कम्पनीका निर्माण व्यवशायी जिमजियाङ राई (जिम्बा) ले समयमै काम सम्पन्न गर्न आफु तत्पर रहेको बताए ।

यसअघि जिम्बाले निर्धारित समयमै सल्यान स्थीत ईन्जीनियर भवन, शारदा नगरपालिकाको भवन लगाएत दर्जनौँ भवन निर्माण गरिसकेका छन् । कपुरकोट स्थीत सेवा केन्द्रभित्र रहेको जमिनमा भवन बन्न लागेको हो । भवन निर्माण पछि गाउँपालिका कार्यालय संगै सम्पूर्ण विषयगत कार्यालयहरु पनि नवनिर्मित भवनमै अटाउने छन् ।