५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२१ अर्ब ८० करोड राजश्व संकलन

१८ श्रावण २०७५, शुक्रबार १०:३९

साउन १८, चितवन | आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको छ । 

रु १८ अर्ब ८० करोड ७८ लाख दुई हजार राजश्व अन्तःशुल्कबाट संकलन भएको हो । 

अन्तःशुल्कमा मदिरासँगै चुरोट, सूर्ती, सिमेन्ट र रंग पर्दछन् । मदिराबाहेक अन्यबाट रु एक अर्बभन्दा कम राजश्व संकलन भएको कार्यालय प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिनुभयो । 

आन्तरिक राजश्व कार्यालय भरतपुरले चितवन र नवलपुर (पूर्वी नवलपरासी) जिल्ला हेर्दै आएको छ । दुई जिल्लामा १२ मदिराजन्य उद्योग छन् । चितवनमा तीन बियर र तीन मदिरा उद्योग छन् । नवलपुरमा चार मदिरा तथा दुई बियर उद्योग छन् । नवलपुरमा रहेको गोर्खा ब्रुअरीले सबैभन्दा धेरै रु नौ अर्ब सात करोड ४८ लाख राजश्व बुझाएको छ । ब्रुअरीले काल्र्सवर्ग, टुबर्ग, सानमिगल, हिमालयन ड्रागन बियरको बोतल तथा क्यान उत्पादन गर्दछ । 

गत आवमा अन्तःशुल्कबाहेकका क्षेत्रबाट रु दुई अर्ब ९९ करोड ७४ लाख २० हजार राजश्व संकलन भएको छ । कार्यालयले गत आवमा स्वास्थ्य सेवा शुल्कतर्फ रु छ करोड २९ लाख १० हजार, आयकरतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घर बहाल करतर्फ रु ११ करोड २४ लाख ८९ हजार, व्याज करतर्फ रु आठ करोड ९२ लाख ९१ हजार, मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब १४ करोड एक लाख ६२ हजार तथा शिक्षा सेवा करतर्फ रु दुई करोड ६० लाख ६२ हजार राजश्व संकलन गरेको छ । 

उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम यस क्षेत्रमा मदिराबाहेक अन्य ठूला उद्योग नहुनु र करको दायरामा आउने संख्या कम हुँदा अन्य क्षेत्रबाट राजश्व कम संकलन भएको बताउनुहुन्छ । कर नबुझाउनेको संख्या अत्यधिक रहेको उहाँको भनाइ छ । पचास प्रतिशतभन्दा बढी साना उद्योग सञ्चालक करको दायरामा नआएको गौतमले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता