५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यान त्रिवेणीमा ७५ लाखको बाटोमा ४७ लाख ५० हजारको मात्रै काम

२० श्रावण २०७५, आईतवार ०६:०८

साउन २०, सल्यान | सल्यानको एक मोटरबाटोमा अनियमितता भएको भन्दै स्थानीयहरुले छानविनको माग गरेका छन् । उपभोक्ता समिती मार्फत भएको काममा योजनाको ठूलो रकम हिनामिना भएको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका हुन् । 

जिल्लाको त्रिवेणी गाउँपालिका एकमा रहेको रिखेबजार गैरिकटेरी बाघमारे मोटरबाटोमा उपभोक्ता समितीले मोटो रकम अनियमितता गरेको प्रमाण आफुहरु संग रहेको स्थानीयहरुको दाबी छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले विनियोजन गरेको ७५ लाख रुपैयाँमा कम र गुणस्तरहिन काम गरेको स्थानीय डिल्ली खड्काले बताए ।

उनी लगाएत स्थानीयहरु रत्न कुमार खड्का, कमल खत्री, लोकेन्द्र खड्का, ओम बहादुर खड्का, मान बहादुर पुन, खोपेन्द्र खड्का लगाएतकाले उपभोक्ता समिती गठन प्रक्रियामै एकलौटी गरेको भन्दै विरोध गरेका थिए । कोठाभित्र समिती गठन गरेको भन्दै समितीमा सबैलाइ समेट्न माग गर्दै आफुहरुले त्रिवेणी गाउँपालिकामा लिखित उजुरि तथा जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरि गरेको लोकेन्द्र खड्काले बताए । अहिले आएर काम कम गरेर योजना समेत फर्छौट गरिसकेको भन्दै गाउँलेहरुले अनियमितताको छानविन गर्न माग गरेका छन् ।


उक्त योजनामा सात सय २५ घण्टा डोजरले काम गरेको र प्रति घण्टा छ हजारको दरले ४३ लाख ५० हजार र मेशिनरि वालको चार लाख गरेर बढिमा ४७ लाख ५० हजार रुपैयाँको मात्रै काम भएको स्थानीयहरुले टिपोट गरेका छन् । ‘तर ७५ लाखको योजनामा ४७ लाख ५० हजार रुपैयाँको मात्रै काम गरेर अरु सबै रकम भ्रष्टाचार भएको छ,’ एक स्थानीयले भने । मोटरबाटो निर्माण गर्दा सम्बन्धीत वडा कार्यालय संग कुनै समन्वय समेत नभएको बताइएको छ । रकम भुक्तानीका लागी निर्माण उपभोक्ता समितीले त्रिवेणी गाउँपालिका संग कार्यसम्पन्न भएको शिफारिस लगेको थियो ।

आफुहरुले योजनामा अनियमितता भएको र छानविन तथा अनुगमनका लागी अनुरोध गर्दागर्दै पनि गाउँपालिकाले समितीलाइ शिफारिश दिनुमा स्थानीय सरकारको पनि संलग्नता देखिने स्थानीय मान बहादुर पुनले बताए । रिखेबजार गैरिकटेरी बाघमारे मोटरबाटोमा उपभोक्ता समिती विरुद्ध अख्तीयारमा मुद्दा परेको बताइएको छ । गाउँलेहरुले उक्त योजनामा अनियमितता भएको प्रमाण समेत पेश गर्न तयार रहेको बताएका छन् । उपभोक्ता समितीले खर्च विवरण सार्वजनीक पनि नगरेको डिल्ली खड्काले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता