२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यान त्रिवेणीमा ७५ लाखको बाटोमा ४७ लाख ५० हजारको मात्रै काम

२०७५, २० श्रावण आईतवार ०६:०८

साउन २०, सल्यान | सल्यानको एक मोटरबाटोमा अनियमितता भएको भन्दै स्थानीयहरुले छानविनको माग गरेका छन् । उपभोक्ता समिती मार्फत भएको काममा योजनाको ठूलो रकम हिनामिना भएको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका हुन् । 

जिल्लाको त्रिवेणी गाउँपालिका एकमा रहेको रिखेबजार गैरिकटेरी बाघमारे मोटरबाटोमा उपभोक्ता समितीले मोटो रकम अनियमितता गरेको प्रमाण आफुहरु संग रहेको स्थानीयहरुको दाबी छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले विनियोजन गरेको ७५ लाख रुपैयाँमा कम र गुणस्तरहिन काम गरेको स्थानीय डिल्ली खड्काले बताए ।

उनी लगाएत स्थानीयहरु रत्न कुमार खड्का, कमल खत्री, लोकेन्द्र खड्का, ओम बहादुर खड्का, मान बहादुर पुन, खोपेन्द्र खड्का लगाएतकाले उपभोक्ता समिती गठन प्रक्रियामै एकलौटी गरेको भन्दै विरोध गरेका थिए । कोठाभित्र समिती गठन गरेको भन्दै समितीमा सबैलाइ समेट्न माग गर्दै आफुहरुले त्रिवेणी गाउँपालिकामा लिखित उजुरि तथा जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरि गरेको लोकेन्द्र खड्काले बताए । अहिले आएर काम कम गरेर योजना समेत फर्छौट गरिसकेको भन्दै गाउँलेहरुले अनियमितताको छानविन गर्न माग गरेका छन् ।


उक्त योजनामा सात सय २५ घण्टा डोजरले काम गरेको र प्रति घण्टा छ हजारको दरले ४३ लाख ५० हजार र मेशिनरि वालको चार लाख गरेर बढिमा ४७ लाख ५० हजार रुपैयाँको मात्रै काम भएको स्थानीयहरुले टिपोट गरेका छन् । ‘तर ७५ लाखको योजनामा ४७ लाख ५० हजार रुपैयाँको मात्रै काम गरेर अरु सबै रकम भ्रष्टाचार भएको छ,’ एक स्थानीयले भने । मोटरबाटो निर्माण गर्दा सम्बन्धीत वडा कार्यालय संग कुनै समन्वय समेत नभएको बताइएको छ । रकम भुक्तानीका लागी निर्माण उपभोक्ता समितीले त्रिवेणी गाउँपालिका संग कार्यसम्पन्न भएको शिफारिस लगेको थियो ।

आफुहरुले योजनामा अनियमितता भएको र छानविन तथा अनुगमनका लागी अनुरोध गर्दागर्दै पनि गाउँपालिकाले समितीलाइ शिफारिश दिनुमा स्थानीय सरकारको पनि संलग्नता देखिने स्थानीय मान बहादुर पुनले बताए । रिखेबजार गैरिकटेरी बाघमारे मोटरबाटोमा उपभोक्ता समिती विरुद्ध अख्तीयारमा मुद्दा परेको बताइएको छ । गाउँलेहरुले उक्त योजनामा अनियमितता भएको प्रमाण समेत पेश गर्न तयार रहेको बताएका छन् । उपभोक्ता समितीले खर्च विवरण सार्वजनीक पनि नगरेको डिल्ली खड्काले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना