५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण व्यवसायीको लापरवाहीले ११ वटा झोलुङ्गे पुल बनेनन्

१ भाद्र २०७५, शुक्रबार ०२:०६

रेशमराज रोकाया | भदौ १, हुम्ला | ठेकेदारहरुले समयमै सामान ढुवानी नगर्दा जिल्लाका ११ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता गरेको समय सम्म ठेकेदारहरुले सामान ढुवानी गर्न नसके पछि जिल्लाका विभिन्न गाउँ जोडने ११ वटा झोलुङ्गे पुलका काम रोकिँदा सेवाग्राही काठको पुलको जोखिम यात्रा गर्न बाध्य भएका छन् । 

आर्थिक वर्ष ०७२ सालमा टसी काग्रो ढुवानी सेवाका सोनाम लामाले ४ वटा झुलुङ्गे पुलको जिम्मा लगेको भएता पनि  हाल सम्म सामान ढुवानी गर्दा पुलको काम सम्पन्न हुन सकेको छैन । त्यसै गरी आर्थिक वर्ष ०७३ मा  अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दिपक रावतले ७ वटा झोलुङ्गे पुलको सामान ढुवानी गर्नको लागि जिम्मा लिएको भएता पनि एक किलो सामान निर्माण स्थलमा पुर्याएका छैनन् । ठेकेदारहरुले सामान समयमै ढुवानी नगर्दा जिल्लाका सबै झोलुँगे पुल निर्माण काम रोकिएका छन् । सम्पन्न भएका अन्य उपभोक्ताको काम पनि हाल जिर्ण हुँदै गएका छन् ।

जिल्लाको चाफेटडी झोलुङ्गे पुल प्रमुख प्राथामिकता रहेकोले ०७५ मा निर्माण सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिीनियर देवी ऐडीले बताए । पुल निर्माणको ९० प्रतिशत काम भईसकेको सामान ढुवानी नहुँदा सबै पुल निर्माण सम्पन्न हुन नसकेको ईन्जिीनियर ऐडीको छ । उता आर्थिक वर्ष ०७२÷०७३ मा सम्पन्न हुनुपर्ने मुचु झोलुङ्गे पुल, बुराउँसे घट्टे खोला, ठाडोखोला ठेहे र सिक्प खोला राहदेवको झोलुङ्गे पुलको सामान ढुवानीका टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले लिएका छन । आर्थिक वर्ष ०७४÷०७५ मा सम्पन्न हुनुपर्ने चारटँङग्रे चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला कालिका, खारखोला दार्मा मिमि खोला, पोरीगाउँ खोला नेप्का, बालुखोला ट्रस गोठी रोडिकोट सामान ढुवानी जिम्मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दिपक रावतसँग सम्झौता रहेको प्रमुख ईन्जिीनियर ऐडीले बताए । 


जिल्लाका झोलुँगे पुलको सामान ढुवानी गर्नको लागि हेलिकोप्टरको प्रयोग गर्नु पर्ने भएकोले सामान ढुवानी हुन नसकेको निर्माण व्यवसायीको भनाई रहँदै आएको छ । सामान ढुवानीको लागि तत्कालिन जिल्ला विकास समितिको कार्यालयबाट पेश्की रकम लिएको भएता पनि झोलुँगे पुलको सामान ढुवानी नगरी निर्माण व्यवसायी चुप्प लागि रहेको अवस्था छ । सबै सरोकारवाला निकायले पनि यसको बारेमा गुनासो नगर्दा पनि पुल बेलैमा सम्पन्न हुन सकेका छैनन् । उता नेपाल सरकारले समयमा नै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउने जनाए पनि हुम्लाका निर्माण व्यवसायीलाई भने यो अभियानले कुनै असर पारेको छैन । निर्माण व्यवसायीले धेरै निर्माणको लागि काम जिम्मेवारी लिने र काम कहिल्यै पनि बेलैमा सम्पन्न नगर्ने परिपाटी हुम्लाको लागि अनौठो नरहेको सेवाग्राहीको भनाई रहँदै आएको छ । 

जिल्लाका  झोलुङ्गे पुल निर्माणका लागि ४ करोड ४० लाख विनियोजन गरिएको भएपनि डेढ करोड रकम फ्रिज गएको छ । समयमै निर्माण कार्य सम्पन्न नहँुदा झोलुङ्गे पुल निर्माणका लागि विनियोजित रकम फ्रिज भएको हो । साउन महिनाको १० गते सम्म म्याद थप गर्नुपर्ने मिति रहेपनि ठेकेदारहरुले म्याद थप गर्न समेत नआएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईन्जिीनियर देवी ऐडीले जानकारी गराउनु भयो । उपभोक्ता समितिले गर्नुपर्ने सबै काम सम्पन्न भईसकेको र ठेकेदारहरुले ढुवानी गर्नुपर्ने काम रोकिएकोले पुल निर्माण कार्य ढिलाई भएको ऐडीले बताए । 

पुल निर्माण नहुदा स्थानीयहरुलाई आवतजावत गर्ने समस्या देखिएको छ । श्रीनगरको चापेटडी झुलुङ्गे पुल निर्माण नहँुदा स्थानीयहरु तुइनको माध्यमबाट नदी वारपार गर्ने बाध्य थिए । कुन बेलामा तुईनको यात्राले ज्यान लिने हो भन्ने जोखिममा नदी पार गर्नु परेको स्थानिय अशोक विष्टको भनाई रहेको छ । त्यसै गरी सिमिकोट गाउँपालिकाको बुराउँसे खोलामा रहेको पुल नबन्दा स्थानिय जोखिमको यात्रा गरिरहेका छन् । समयमै पुल निर्माण भएपछि स्थानीयहरुलाई आवत जावत गर्ने सहज भएको छ । जिल्ला ११ वटा खोलामा पुल तोकिएको समय सम्म निर्माण कार्य नहुदा स्थानीयहरुलाई असहज हुने गरेको छ । पुल बन्ने भयो अब त सहज रुपमा खोला र नदीको पार गर्न सहज हुने भयो भन्ने आशामा बसेका हुम्लाका वासिन्दा अझै पनि जोखिमयुक्त काठे पुल र तुईनको यात्रा गर्नमा नै बाध्य रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता